शहीद धर्म भक्त माथेमा महानगर मानब सेवा आश्रम नागार्जुन-६ निर्माण तथा संचालनका लागि त्रिपक्षीय सम्झौता

शहीद धर्म भक्त माथेमा महानगर मानब सेवा आश्रम  नागार्जुन-६ निर्माण तथा संचालनका लागि त्रिपक्षीय सम्झौता

कपन अनलाइन

काठमाडौं, असोज १९। काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र मानब सेवा आश्रम बीच शहीद धर्म भक्त माथेमा महानगर मानब सेवा आश्रम नागार्जुन -६ निर्माण तथा संचालनका लागि  त्रिपक्षीय सम्झौता भएको छ।

 असोज १८ गते एक कार्यक्रमका बीच    काठमाडौं महानगरपालिका प्रमुख बिधा सुन्दर शाक्य, उप-प्रमुख हरिप्रभा खड्की ,अतिथि नागार्जुन नगरपालिका प्रमुख मोहन बहादुर बस्नेत  उप-प्रमुख सुशीला अधिकारी,  काठमाडौं महानगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली ,नागार्जुन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, काठमाडौं महानगरपालिकाका  वडा अध्यक्षहरू,नागार्जुन नगरपालिका वडा अध्यक्षहरू , कार्यपालिका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरू तथा ,मानव सेवा आश्रम एवं सरोकारवालाहरूको उपस्थितमा महानगर मानव सेवा आश्रम नागार्जुन-०६ भवन निर्माण तथा संचालन गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

 

तपाइँको प्रतिक्रिया ।