बुढानिलकण्ठको जगडोलमा दोस्रो सुगम आन्तरिक ब्याडमिन्टन प्रतियोगिता शुरु

बुढानिलकण्ठको जगडोलमा दोस्रो सुगम आन्तरिक ब्याडमिन्टन प्रतियोगिता शुरु

कपन अनलाइन

काठमाडौं ,असोज १९। बूढानीलकण्ठ नगरपालिकावडा नं ११ मा रहेको सुगम वेलफेयर सोसाइटी र सुगम  बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा दोस्रो सुगम आन्तरिक ब्याडमिन्टन प्रतियोगिता आइतबार बाट शुरु भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११जगडोल भञ्ज्याङ्ग स्थित ब्याडमिन्टन कोर्टमा आइतबार एक कार्यक्रमका बीच  बूढानीलकण्ठ नगरपालिका वडा नं  ११ र १३ का वडा अध्यक्षहरु  क्रमश राजु अधिकारी र श्रीकृष्ण श्रेष्ठले सँयुक्त रुपमा प्रतियोगिताको शुभारम्भ गरेका हुन्।बिजया दशमीको अवसर पारेर शुभकामना आदानप्रदान सहित  आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन सत्रमा आयोजक संस्थाका पदाधिकारी सहित   खेलाडी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा ब्याडमिन्टन प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्था सुगम बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार रवि कुमार पौडेलले गोकर्णेश्वर नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको संगम स्थल रहेको ठाउँ भञ्ज्याङ्गमा नमुना गाउँ बनेको दाबी गरेका थिए ।उनले  नमुना गाँऊ बनाउन स्थानिय सरकार र स्थानिय संघ संस्थाहरुले ठूलो भुमिका निभाएको भन्दै प्रतियोगीतामा सहभागी  खेलाडीहरुलाई  शुभकामना दिएका थिए ।उद्घाटन सत्रलाई सम्बोधन गर्दै  वडा  अध्यक्ष द्वय  राजु अधिकारी र  श्रीकृष्ण  श्रेष्ठले आयोजकलाइ धन्यबाद दिदै स्वस्थ शरीर र स्वस्थ समाजका लागि खेलकुद अपरिहार्य  रहेको  र त्यसैलाई मध्यनजर गर्दै वडाले खेलकुदलाइ प्राथमिकतामा राखेको जानकारी गराएका थिए । उनिहरुले   बिभिन्न समयमा खेलकुद्को लागि वडाले सहयोग गर्दै आएको जानकारी गराउदै आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने जानकारी गराएका थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै सुगम वेलफेयर सोसाइटीका अध्यक्ष श्याम राज गौतमले व्यस्त समयमा विभिन्न ठाउँमा छरिएरका दाजुभाइ संयुक्त रूपमा खेल खेल्दा आपसी भाइचारा बढ्ने बताउदैँ उकृष्ट प्रदर्शनको लागि खेलाडिहरुलाई शुभकामना दिएका थिए । आइतबार   बाट शुरु भएको उक्त प्रतियोगिता असोज २५  गते सम्म चल्नेछ। प्रतियोगितामा   १० वटा टिमका २०  जना खेलाडीहरुले सहभागिता जनाएका छन ।

तपाइँको प्रतिक्रिया ।