राष्ट्रिय जनमोर्चा चन्द्रागिरि द्वारा संघीयता र एमसिसी विरुद्ध गुर्जुधारामा कोणसभा

राष्ट्रिय जनमोर्चा चन्द्रागिरि द्वारा संघीयता र एमसिसी विरुद्ध गुर्जुधारामा कोणसभा

 

काठमाडौँ, असोज १९।  राष्ट्रिय जनमोर्चा चन्द्रागिरिलेले सङ्घीयता र एमसिसीको विरुद्धमा कोणसभा सम्पन्न गरेको छ ।  सोमबार  राजमो चन्द्रागिरि मोहन जिसीको अध्यक्षतामा चन्द्रागिरिको गुर्जुधारा चोकमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाइ  सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा काठमाण्डौं जिल्ला अध्यक्ष झविन्द्र बेलवासेले सङ्घीयता र एमसिसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा पञ्चशील र असंलग्नतामाथि आधारित स्वतन्त्र परराष्ट्र नीति समाप्त हुने बताएका थिए  । उनले गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि सम्पूर्ण जनता एकजुट हुनुपर्ने बताउँदै त्यसका लागि देशभक्त तथा जनतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताए  ।

कोणसभालाई राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा चन्द्रागिरि नगर इन्चार्ज  रोसन दानीले देशमा वैदेशिक हस्तक्षेप नेपाली जनतालाई किनारा लगाउन सवै देश भक्त नेपालीहरु एक जुट हुनु पर्ने बताउदै   युवा नेता दानीले हजारौ वर्ष देखि नेपाली समाज अन्यय अत्याचार र शोषणले खाल्दै अस्तिर राजनितिक व्यवस्थाबाट माथी उठन नसकेको बताए   ।उनले ,शासन व्यक्तको होईन विधिको हुनु पर्ने  तर सत्ता  र शक्तीको भरमा देशलाई अनिर्णयको  बन्दी बन्दा नेता देखि  जनताहरुको पनि  चेतना नआउने हो भने देश सिक्किमीकरण वाटोमा जाने समय धेरै नरहको बताए  ।कार्यक्रममा राष्ट्रिय जनमोर्चाका युवा नेता आन्नद शर्मा, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य लालबहादुर थापा, प्रगतीशिल लेखक संघका महासचिव समिर सिंह, अखिल नेपाल जनजाती सम्मेलन अध्यक्ष निम वुढा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन जातीय समता समाजका महासचिव भक्त विकले गरेका  थिए ।

तपाइँको प्रतिक्रिया ।