मापसे जाँच छल्दा सडकको रेलिङले गाडी नै छेड्यो

काठमाडौ, ३० फागुन । झट्ट हेर्दा फिल्मझैं लाग्ने दृश्य शनिबार विहान पुल्चोकस्थित हिमालयन बैंक अगाडी देखियो । मादक पदार्थ सेवन (मापसे) बाट लठ्ठीएका कार चालक ट्राफिकको चेकिङ छल्न तीव्र गतिमा हुइँंकिदा गम्भीर दुर्घटनामा परे । कार क्षतिग्रस्त हुँदा पनि उनी भने सकुशल रहे ।
मापसे जाँच छल्न भाग्दा २० फिट लामो फलामको रेलिङ पाईप कारको अगाडीको हेडलाईट बाट छेडेर पछाडीको ब्याकलाईट सम्म निस्किएको थियो। बालुवाटार घर भएका २८ वर्षीय निमा शेर्पा शुक्रबार राती ठमेलमा भाइको विहेको पाटी खाएर शनिबार विहान दुई बजे झम्सीखेलतर्फ हुइँंकिएका थिए।
ब ९ च ९६४० नम्बरको कारमा सवार शेर्पाले झम्सीखेलमा पुगेपछि फेरी ब्लु रुम रेष्टुरेन्टमा मापसे गरे । चार बजेसम्म मापसे गरेपछि कार लिएर सडकमा निस्केका उनले मापसे चेकिङबाट जोगिन  तीव्र गतिमा कार हाँके ।

car_accident_lalitpur
झम्सीखेलस्थित सडकको दाहिने भागबाट तीब्रगतिमा गाडी हाँक्दा सडकको ४६ फिट रेलिङमा कार ठोकियो । रेलिङ कारको अगाडीको हेड लाईटबाट छिरेर पछाडीको ब्याक लाईटमा निस्कयो ।
त्यति हुँंदा पनि होसमा नरहेका शेर्पाले गाडी हाँंकिरहे । पुल्चोक नजिकै हिमालन बैंक अगाडी पुगेपछि गाडी पन्चर भएपछि मात्रै उनले गाडी भित्र फलामको रेलिङ छिरेको देखे । अगाडीको हेड लाईटबाट पाईप छिरेको रेलिङ एक ईन्च दायाँंबाया भएको भए शेर्पाको ज्यानै जान सक्थ्यो।
नजिकै रहेका ट्राफिक प्रहरीले कारको पछाडी फलामको रेलिङ देखेपछि शेर्पा बाँचको देखेर अच्चम्मित भए । कार चालक शेर्पाको दाहिने हातको कोटसमेत च्याचिएको छ तर उनलाई कुनै चोट भने लागेको छैन।
घटनास्थलमा महानगरीय ट्राफिक प्रहरी वृत्त जावलाखेलका प्रमुख सीताराम हाछेंथु पनि पुगे। उनले चालकलाई कार्यालयमा ल्याएर घटनाबारे सोध्दा चालक मदिरामै लठ्ठ थिए । शेर्पाले आफूले ट्राफिकको चेकिङ छल्न खोज्दा दुर्घटनामा परेको बताएका थिए। ‘गाडी दुर्घटना धेरै हेरियो तर यस्तो दुर्घटना फिल्ममा मात्रै हेरिएको थियो’, हाछेंथुले भने।

तपाइँको प्रतिक्रिया ।