पुनर्जन्म चलचित्रले सफलता पाउँदै

पुनर्जन्म चलचित्रले सफलता पाउँदै

पोखरा । देशभर प्रर्दशनमा रहेको निर्देशक सजन श्रेष्ठद्धारा पहिलो निर्देशित चलचित्र पुनर्जन्म ले देशभर सफलता पाएको फिल्म युनिटले दावी गरेका छन ।
देशभर ४४ वटा हलमा प्रदर्शन भइरहेको चलचित्रलाई दर्शकले मन पराएको युनिटको दावी छ । सत्य घट्नामा आधारित चलचित्र पुर्नजन्म दश वर्षे जनयुद्धको कथालाई पर्दा मार्फ उतारिकाले पनि दर्शकको मन छोएको विहिबार पोखरामा पत्रकार सम्मेलन गरि निर्देशक श्रेष्ठले जानकारी दिए । नारायणघाट, बुटवल लगायतका हलहरुको प्रत्यक्ष अवलोकन गरि पोखरा आइपुगेका निर्देशक श्रेष्ठले हलहरु पुरा रुपमा फुल रहेको उनको जिकिर थियो । चलचित्र टिमले विहिबार पोखराको विन्दवासिनी चलचित्र हलमा समेत पुगेर दर्शकको प्रतिक्रिया लिए ।

punarjanma
सत्य घट्नामा आधारित र मनोरञ्जन संगै अहिलेको पुस्तालाई नेपाली  राजनैतिक इतिहासको प्रसंग र पुराना संस्कृतिको बारेमा समेत जानकारी गराएको निर्देशकको जिकिर थियो । फागुन २२ गते बाट देशभर प्रर्दशन भइरहेको चलचित्र बारे बुझनका लागि पुर्नजन्मको टिम देशका विभिन्न हलहरुमा पुगेको थियो । हलमा पुग्ने क्रममा फिल्मी दर्शकहरुले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएको चलचित्रका नायक गजित विष्टले बताए । दर्शकको रेस्पोन्स राम्रो छ तर शुक्रबारबाट हलहरुले फिल्म हटाउनुपर्ने बाध्यता उनको गुनासो थियो । चलचित्रका निर्माता मोहन कृष्ण श्रेष्ठले नेपाली चलचित्रलाई उद्योगको रुपमा विकास गर्न नसकेको बताए । लाखौँ लगानीमा निर्मित नेपाली चलचित्र बजारमा करोडौँ लगानी गरेको हिन्दी  चलचित्रहरु संग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता रहेको बताए ।
चलचित्रमा मोहन कृष्ण श्रेष्ठ संगै भद्र बहादुर शाहीको लगानी रहेको छ । एम के इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्मित यस चलचित्रलाई निर्देशन संगै सम्पादन पनि स्वयम निर्देशक सजन श्रेष्ठले गरेका छन । चलचित्रमा आर्यन सिग्देल, केकी अधिकारी, गजित विष्ट, सुस्मीता शाही, मिथीला शर्मा, विजय लामा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल, रुश्मा श्रेष्ठ, लगायतको अभिनय रहेको यस चलचित्रलाई सुदर्शन श्रेष्ठले लेखेका हुन् । शिव ढकाल र नवरा कृष्ण थापाको सयुक्त रुपमा खिचेको यस चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध रहेको छ ।

तपाइँको प्रतिक्रिया ।