विश्वमा नयाँ कीर्तिमान : लिंग प्रत्यारोपण सफल भो

विज्ञान र प्रविधिको विकासले मानिसको जीवन सहज बनाएको छ । विशेषतः स्वास्थ्य क्षेत्रमा पछिल्लो समय प्राप्नत असम्भव लाग्ने उपलब्धिहरु हातलागिरहेका छन् । नेपाली चिकित्सक कुमुद धितालले मृत व्यक्तिको मुटु जीवित व्यक्तिमा सफल प्रत्यारोपण गरेर कीर्तिमान कायम गरेर विश्वव्यापी चर्चा बटुले ।Linga-Transplant

अहिले त्यस्तै असम्भव लाग्ने काम सफल भएको छ दक्षिण अफ्रिकामा । त्यहाँका चिकित्सकहरुले सफलतापूर्वक लिंग प्रत्यारोपण गरेका हुन् ।

केपटाउन स्थित टाइबरबर्ग अस्पताल र टेलेनेबॉश युनिवर्सिटीको साझा प्रयासमा ९ घण्टा लगाएर शल्यक्रिया गरिएको थियो ।

लिंग प्रत्यारोपण विश्वमै पहिलो घटना भएको उनीहरुको दाबी छ । २१ बर्षीय युवकमा सफलतापूर्वक लिंग प्रत्यारोपण गरेको बीबीसीले लेखेको छ । यसअघि चीनमा लिंग प्रत्यारोपणको प्रयास असफल भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।