राष्ट्रिय राजनीतिमा निरन्तर अगाडि बढ्न नेता र कार्यकर्तालाई महासचिव ईश्वर पोखरेलको आग्रह

राष्ट्रिय राजनीतिमा निरन्तर अगाडि बढ्न नेता र कार्यकर्तालाई महासचिव ईश्वर  पोखरेलको आग्रह

कपन अनलाइन

काठमाण्डौ ,असोज १५।

नेकपा एमाले पार्टीका महासचिव इश्वर पोखरेलले एमालेका नेता, कार्यकर्तालाई राष्ट्रिय राजनीतिमा निरन्तर अगाडि बढ्न आग्रह गरेका छन ।
अखिल नेपाल महिला महासङ्घ (अनेमसंघ ) सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी, केन्द्रीय कमिटीको दोश्रो बैठकको सन्दर्भमा उहाँले सो कुरा बताएका हुन्  ।
अनेम सङ्घका अध्यक्ष तथा संयोजक एवं पूर्वमन्त्री थममाया थापाको अध्यक्षतामा विहिवार राजधानीमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले संविधान, कानुनको वेवास्ता गर्दै चोइटिदै जाने प्रवृत्तिदेखि नअलमलिई अगाडि बड्नुपर्नेमा जोड दिए  ।
उनले नेकपा एमालेका केही साथीहरू धुब्रीकरणमा लागि रहँदा अनेम संघ अडिग भएर अगाडि बढेको भन्दै महिला नेतृत्वहरूको प्रसंसा गरेका थिए  ।

महासचिव पोखरेलले संघले दोस्रो पुस्तालाई पनि सङ्घमा आवद्ध गर्दै ल्याउन आग्रह गर्दै यसबीच धुव्रीकरणमा जानी/नजानी झुकाव देखाएका साथीहरूले पनि नेकपा एमालेमा अबका दिनमा प्रतिवद्ध भएर लाग्छन् भने पार्टीले उनीहरूलाई समेट्दै अगाढि बढ्ने बताए  ।
साथै अब पार्टीले नेतृत्व छनौट र नीति, विधी बनाउने गरी दुई महाधिवेशनको आयोजना गर्ने निर्णय गरे अनुसार असोज १५ – १७ सम्मको महाधिवेशनमा नीति, विधी बनाउने जानकारी पनि दिए  ।
संयोजक थममाया थापाले पार्टीबाट चोइटिएर गएका नेता, कार्यकर्तालाई दुविधामा नपरी मुल घरमा फर्कन आब्हान बैठकमार्फत आव्हान गरेको बताईन  ।
उनले अनेमसंघ, नेकपा एमाले पार्टीको सबैभन्दा ठूलो र सशक्त जनवर्गीय संगठन हो भन्नुहुँदै अनेमसंघमा आवद्ध सदस्य संख्याको आधारले मात्र नभई क्रियाशिलता र पछिल्लो कालमा अनेमसंघका नेता कार्यकर्ताहरु राज्य संरचनामा सहभागिताको हिसावले पनि जनवर्गीय संगठनहरु मध्ये अग्रस्थान रहेको बताएकी छन  ।

अनेमसंघले गत फागुन २९ गते, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस(८ मार्च)को सन्दर्भमा काठमाण्डौको भृकुटीमण्डपमा वृहत अगुवा कार्यकर्ता भेला गर्दै जेठ ३ गतेदेखि मदन–आश्रित दिवसको सन्दर्भमा साप्ताहिक कार्यक्रमका साथै सातै प्रदेशमा समसामयिक विषयमा प्रशिक्षण, स्वास्थ्य विभागको संयोजननमा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुको सहभागितामा सामाजिक परामर्श सञ्चालन गरेको थियो ।संघका गतिविधिहरुलाई समेटेर अनेमसंघ अभियान प्रकाशनको तयारी भैरहेको छ ।
कमिटीको दोश्रो बैठकमा पार्टीका केन्द्रीय सदस्य कमरेड गोमा देवकोटा, पूर्वमन्त्री, पार्टीका पोलिटब्यूरो सदस्य राधा ज्ञवाली, गण्डकी प्रदेशका निवर्तमान प्रथम महिला प्रमुख, पार्टी केन्द्रीय सदस्य सीता पौडेलको सहभागिता रहेको थियो ।
त्यसैगरी अनेमसंघका सहसंयोजक अस्मिता थापा, सात वटै प्रदेश कमिटीका संयोजक मेनुका काफ्ले, रन्जु ठाकुर, सुशिला नेपाल, टुका हमाल, मैना भण्डारी, सुमित्रा बिसी, गौरी ओली, केन्द्रीय कार्यालय टिम, केन्द्रीय विभाग, केन्द्रीय अभियान कमिटी, सम्पर्क कमिटी र युवा कमिटीका प्रमुख कमरेडहरु, प्रदेश कमिटीका सहसंयोजक समेत सबै जिल्लाहरुबाट सहभागिता रहेको थियो ।
सो अवसरमा राष्ट्रियसभा सदस्यहरू तथा प्रदेशका मुख्य मन्त्रीलगायत विभिन्न महत्वपूर्ण पदमा पुग्न सफल महिला नेतृहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।