नेपाली कांग्रेस शंखरापुर नगरसभापतिमा दिलीप कुमार श्रेष्ठको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस शंखरापुर नगरसभापतिमा दिलीप कुमार श्रेष्ठको उम्मेदवारी  घोषणा

कपन अनलाइन

काठमाडौँ, असोज १३। नेपाली कांग्रेस शंखरापुर नगरपालिकाको नगर सभापतिमा दिलिप कुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन । नेपाली कांग्रेस शंखरापुर नगरपालिका वडा नं ६ को वडा अधिबेसन बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका उनले आफू कुनै गुटको नभई सिंगो कांग्रेसको उम्मेदवार रहेको बताएका छन् । श्रेष्ठले आफ्नो नेतृत्वमा पार्टी समिति निर्माण भए अबको स्थानीय निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउनको लागि समेत असोज १६ गते हुने   नगर अधिबेसनमा नगर सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन  ।२०४९ साल देखि नेपाली कांग्रेसको पार्टीको क्रियाशील सदस्य लिदै ९ औं महाधिवेशन देखि क्षेत्रीय  प्रतिनिधिको रुपमा सक्रिय रहेका उनि १३ औं अधिबेसनमा साबिक शंखरापुर वडा नं १० को इकाई सभापतिको रुपमा काम गरिसकेका छन २०७४ सालको स्थानीय निर्वाचनमा शंखरापुर ६ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षको प्रत्यासी समेत रहेका थिए ।  राजनीतिक संस्कारमा हुर्किएका श्रेष्ठको बुवा  चन्द्रमान श्रेष्ठ २०४९सालको निर्वाचनमा  साबिक पुखुलाक्षी गाबिस अध्यक्षको प्रत्यासी  हुदै उप बिजेता  भएका  थिए  ।

 सामाजिक कार्यमा रुची राख्ने श्रेष्ठले  २०७२ सालको विनासकारी भूकम्पमा राहत उद्दार लगायतको कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहेका श्रेष्ठ शंखरापुर नगरपालिकाको बिलयको बिरुद्दमा नगरपालिका पुनर्स्थापनाको लागि शंखरापुर नागरिक समाज गठन गरि आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।श्री माधब नारायण स्वस्थानी ब्रत कथा तथा सालिनदी सुधार  समितिको २०७१/ २०७२ गरि दुइ वर्ष अध्यक्ष  रहदा सालिनदी क्षेत्रमा उल्लेखनीय काम गरि आफ्नो कार्यकाल सफल बनाएका थिए ।सहयोगी ,उदार हृदय भएका श्रेष्ठ निडर स्पस्ट बक्ताको रुपमा परिचित छन । उनले राजनीति शास्त्रमा स्नातकोत्तर सम्म अध्ययन  गरेका छन। उनि शंखरापुर च्याम्बर अफ कमर्सको अध्यक्ष समेत हुन ।

बिभिन्न बिपतका  समयमा विभिन्न अभियानहरु संचालन गरेर अफ्ट्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएका श्रेष्ठले राजनीतिलाई सेवामुखी बनाउनुपर्नेमा जोड दिदै आएका छन् ।   ‘तपाईंको उमेदवारी किन’ भन्ने प्रश्नमा श्रेष्ठले नेपाली कांग्रेसले विगतका संविधान सभा र प्रतिनिधि सभामा जनताको मन जितेर कायम गरेको इतिहासलाई अझ दरिलो बनाउन र स्थानीय तथा प्रदेस निर्वाचनमा विजयी बनाउनका लागि आफुले योगदान गर्न  र नेपाली कांग्रेसलाई बलियो बनाउदै त्यस मार्फत जनताको सेवा गर्नका नगर सभापतिमा  उम्मेदवारी दिन लागेको बताउदै  नेपाली कांग्रेस भित्रको गुट उपगुटको खाडललाइ पुरेर एकता बद्द नेपाली कांग्रेसको अवधारणालाइ साकार रुप दिन पनि आफ्नो  उम्मेदवारी रहेको हुँदा    क्षेत्रीय प्रतिनिधि हरूलाई समर्थन र सहयोग गर्न अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।