नेपाली कांग्रेस गोकर्णेश्वर नगरसभापतिमा श्रीचन केसीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस गोकर्णेश्वर नगरसभापतिमा श्रीचन केसीको उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाडौं असोज १२ ।  नेपाली कांग्रेस  गोकर्णेश्वर नगर सभापतिमा श्रीचन केसीले उम्मेदवारी घोषणा गर्दै प्रचार अभियान शुरु गरेका छन।  नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ४को वडा अधिबेसन बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित केसीले  आज  नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ४  इकाइ समितिको  प्रथम बैठकमा उनले गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसलाई संगठन र भावनात्मक रुपमा एकतावद्ध बनाउदै तिनै तहका निर्वाचनमा विजयी बनाउन भन्दै केसीले सभापतिमा उम्मेदवारी दिएका हुन।

 लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय रहेका केसी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका छन विश्वकै सबै भन्दा ठुलो स्वयम् सेवी संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए१को  इन्सपाईरिंग  अफिसरको रुपमा काम गरिरहेका छन ।  बिभिन्न बिपतका  समयमा विभिन्न अभियानहरु संचालन गरेर अफ्ट्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएका  केसीले राजनीतिलाई पेशा होइन समाजसेवा बनाउनु पर्नेमा जोड दिदै आएका छन ।

सहयोगी ,उदार हृदय भएका केसी निडर स्पस्ट बक्ताको रुपमा परिचित छन ।   उत्तरबहिनि गुरुकुल बिध्यालयको  संस्थापक सदस्य रहेर काम गरेका केसी सहयोगी मावि को व्यस्थापन समितिमा रहेर समेत काम गरिसकेका  छन भने  बिभिन्न सहकारी संस्थामा समेत आवद्द रहेका छन ।    नेपाली कांग्रेस गोकर्णेश्वर  नगरपालिकाको नगर सदस्य भएर कार्य अनुभब हासिल गरेका केसीले   पार्टीलाई एकजुट बनाउने र बिग्रिएको संगठन चुस्त दुरुस्त बनाउदै गुट र उपगुटको अवस्थालाई अन्त्य गर्न आफुले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताउदै  क्षेत्रीय प्रतिनिधि हरूलाई समर्थन र सहयोग गर्न अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।