बुढानिलकण्ठको पार्क भिलेजमा काठमाण्डौका प्रिन्सिपलहरु

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

बुढानिलकण्ठको पार्क भिलेजमा काठमाण्डौका प्रिन्सिपलहरु भेला भएका छन। नेसनल प्याव्सन  काठमाण्डौका १ महानगरपालिका र ११ वटा नगरपालिकाका स्थानीय समितीहरुका पदाधिकारी विभिन्न विषयहरुमा छलफलका लागि जुटेका छन।

रास्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( NATIONAL PABSAN) काठमाण्डौको आयोजनामा भएको PVST बैठकमा उनीहरु भेला भएका हुन।

P ( President ) , V ( Vice President ), S ( Secretary ), T ( Treasurer ) हरुको सो भेला काठमाण्डौका स्थानीय तहहरुले भौतिक रुपमा विद्यालय खोल्ने निर्णय गरेको समयमा भएकोले निकै अर्थपूर्ण मानिएको छ।

कोरोना प्रकोपका कारण लामो समय सम्म बन्द रहेका विद्यालयहरुले भोगेका समस्या र भावी योजनाहरुका वारेमा छलफल हुने सो बैठकमा ११ स्थनीय पालिका समितीका गतिविधिको समिक्षा र वार्षिक योजना निर्माणका वारेमा पनि छलफल हुने आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।