नेपाली कांग्रेस काठमाण्डौ-४ (२) को सभापतिमा उम्मेदवारी दिने गणेश कोइरालाको घोषणा

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

बुढानिलकण्ठ  नगर सभापति गणेश कोइरालाले  नेपाली कांग्रेस काठमाण्डौ-४ (२) को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन। २०७४ शालको प्रदेस सभा निर्वाचनमा पराजित भएको नेपाली कांग्रेसलाई शशक्त रुपमा पुनरागमन गराउनका लागि  समुहगत भन्दा पनि  सिंगो नेपाली कांग्रेसको पक्षमा उभ्याउन आफुले उम्मेदवारी दिएको कोइरालाले बताएका छन।

नेपाली कांग्रेसका नेता सहिद सरोज कोइरालाको सानिध्यमा रहेर राजनीति शुरु गरेका कोइराला २०३६ शालमा तत्कालिन पंचायती व्यवस्थाले अरास्ट्रिय तत्व (अत ) घोषणा गरे संगै अधेरी प्रावी ओखलढुंगा दियालेमा रहेको स्थायी शिक्षकको जागिर छोडेर विस्थापित भएका थिए।

त्यसपछि केहि समय ओखलढुंगाकै पोकलिमा रहेको रहेको एक विद्यालयमा अध्यापन गरेका उनले २०३९ शाल देखि बाँसवारी निमावीको शिक्षकका रुपमा सेवा गरेका थिए।

२०४६ शालमा नेपाली कांग्रेसको सदस्यता लिएका कोइराला २०४९ शालको स्थानीय निकायको निर्वाचनमा साविक महांकाल गाविसको उपाध्यक्षमा उम्मेदवार बनेका थिए।

साविक महांकाल गाविसको सभापति ,सर्वदलीय संयन्त्रको प्रतिनिधि हुदै नगर सभापति बनेका कोइरालाले बुढानिलकण्ठ नगरपालिकाका ८ वडा रहेको काठमाण्डौ -४ (२) मा नेपाली कांग्रेसलाई विजयी गराउने योजना रहेको भन्दै सहयोगका लागि सबै निर्वाचित प्रतिनिधिहरुलाई आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।