नेपाली कांग्रेस बुढानिलकण्ठको नगर सभापतिमा राजाराम बुढाथोकीको उम्मेदवारी

नेपाली कांग्रेस बुढानिलकण्ठको नगर सभापतिमा राजाराम बुढाथोकीको उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

नेपाली कांग्रेस बुढानिलकण्ठको नगर सभापतिमा राजाराम बुढाथोकीले  उम्मेदवारी घोषणा गर्दै प्रचार अभियान शुरु गरेका छन। बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसलाई संगठन र भावनात्मक रुपमा एकतावद्ध बनाउदै तिनै तहका निर्वाचनमा विजयी बनाउन भन्दै बुढाथोकीले सभापतिमा उम्मेदवारी दिएका हुन।

बुढानिलकण्ठ नगरपालिकामा निर्वाचन हुनु भन्दा अगाडी देखि नै सर्वदलीय संयन्त्रमा रहेर काम गरेको अनुभव रहेकोले नगरपालिकाको समार्थ्य र शक्ति आफुले बुझेको भन्दै बुढाथोकीले आन्तरिक संगठन व्यवस्थापन र प्राविधिक पक्षको तयारी प्रभावकारी गर्न सकेमा आउदो निर्वाचन सजिलै जित्न सकिने धारणा राख्दै सभापतिमा उम्मेदवारी दिएको बताएका छन।

कांग्रेसमा अधिवेशन र चुनावमा मात्र कार्यालय खोल्ने जस्तो परम्परालाई तोड्दै व्यवस्थित नगर पार्टी कार्यालय सञ्चालन मार्फत नियमित गतिविधि र अभियान संचालन गर्ने योजना सुनाउदै उनले नेपाली कांग्रेस बुढानिलकण्ठमा सबैलाई सम्मान जनक रुपमा समेट्ने बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।