बैतडी,दार्चुला र बझाङ लगायत जिल्लामा भूकम्पको धक्का
कपन अनलाइन
काठमाण्डौ ,असोज ९।
असोज ८ गते राति ८ बजेर ४० मिनेटमा बैतडी, दार्चुला र बझाङ लगायत जिल्लामा गएको भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्दुबिन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ ।
तपाइँको प्रतिक्रिया ।