शिक्षासेवी गीता राणालाई “प्याव्सक शिक्षा” र चार पुर्व अध्यक्षहरुलाई “प्याव्सक अग्रज सम्मान”

शिक्षासेवी गीता राणालाई “प्याव्सक शिक्षा” र चार पुर्व अध्यक्षहरुलाई “प्याव्सक अग्रज सम्मान”

कपन अनलाइन

काठमाण्डौ .असोज ८।

शिक्षासेवी गीता राणालाई “प्याव्सक शिक्षा” सम्मान प्रदान गरिएको छ।निजि तथा आवासीय विद्यालय संगठन काठमाण्डौ (PABSOK) ले आयोजना गरेको बालकुमार स्मृति गायन प्रतियोगिताको फाइनलमा नेपालको शिक्षा क्षेत्रको विकास र उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै राणालाई सम्मान गरिएको थियो।

ग्यालेक्सी पब्लिक विद्यालयकी संस्थापक प्रधान अध्यापक तथा अध्यक्ष रहेकी राणा नेपालको निजि शिक्षा र शिक्षालयको संस्थागत विकासमा योगदान पुर्याएकी छन।प्याव्सनको संस्थापक र नेसनल प्याव्सनको संस्थापक अध्यक्ष समेत रहेकी राना संविधान सभा सदस्य समेत हुन्।

प्याव्सकका अध्यक्ष गेन्द्र लामाको अध्यक्षतामा भएको सो फाइनल कार्यक्रममा राना संगै संगीत र अभिनय क्षेत्रका जयनन्द लामा,खेलकुद क्षेत्रका भारत विसुराल ( हिमालयन टाइगर ),गिनिज बुकमा कान्छा चलचित्र निर्देशकका रुपमा नाम लेखाउन सफल सौगात र पत्रकारिता क्षेत्रका पुन्यराज पुडासैनीलाई  “प्याव्सक सम्मान ” प्रदान गरिएको थियो।

त्यस्तै सो कार्यक्रममा निजि तथा आवासीय विद्यालय संगठन काठमाण्डौ (PABSOK) का संस्थापक अध्यक्ष केदारराज पुडासैनी,पुर्व अध्यक्षहरु शम्भु अधिकारी,विष्णु पराजुली र नारायण तिमल्सिनालाई  “प्याव्सक अग्रज सम्मान ” पनि प्रदान गरिएको थियो।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।