Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/242730138_427660598968511_6927134063539990584_n-1024x614.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

असोज ९ गते चाबहिल स्तुपामा लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले रक्तदान गर्ने

कपन अनलाइन

काठमाडौं ,असोज ८ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।असोज ९  गते शनिबार क्लबले काठमाडौं महानगरपालिका वडा नं ७ स्थित चाबहिल स्तुपा परिसरमा बिहान ८ बजे देखि २ बजे सम्म आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन गर्न लागिएको सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले अनुरोध गरेका  छन ।

रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित आयोजना गर्न लागिएको उक्त  रक्तदान कार्यक्रममा इच्छुक स्वस्थ ब्यक्तिहरुलाइ रक्तदान गर्न समेत उनले अनुरोध गरेका छन ।   उक्त कार्यक्रमलाइ  कमल नायब  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शुभकिरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, समदर्शी उपभोक्ता सहकारी संस्था लिमिटेड को सहयोग रहेको छ ।

तपाइँको प्रतिक्रिया ।