सी डिभिजन छनौट खेल्ने गोकर्णेश्वर फुटबल क्लबलाइ खेल सामाग्री प्रदान

सी डिभिजन छनौट खेल्ने  गोकर्णेश्वर फुटबल क्लबलाइ खेल सामाग्री प्रदान

कपन अनलाइन

काठमाडौं, असोज ८ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगितामा  गोकर्णेश्वर नगरपालिका वडा नं ५ बाट  सहभागी हुने  गोकर्णेश्वर फुटबल क्लबका खेलाडीहरुलाई जर्सी ट्रयाक लगायत खेलकुदका सामग्रीहरु प्रदान गरिएको छ । मनकामना फुटसलमा आज एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल,  गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, नेपाली कांग्रेस गोकर्णेश्वर ६का इकाई सभापति दिपक लामा, नेपाली कांग्रेस गोकर्णेश्वर ५ का इकाई सभापति  शेखर सुवेदी, नेपाली कांग्रेस कागेश्वरी २ इकाई सभापति  सुरज खड्का, लगायतले खेलाडीहरुलाई जर्सी, ट्रयाक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका हुन।

गोकर्णेश्वर फुटबल क्लबका अध्यक्ष विकास राइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले  खेलकुदलाइ प्राथमिकतामा राखेको खेल क्षेत्रको  बिकासका लागि नगरपालिकाले बिभिन्न कार्यक्रम  मार्फत सहयोग गर्दै आएको बताएका थिए  उनले खेलाड़ीहरुलाई अनुशासित भइ खेलमा राम्रो प्रदर्शन गर्न र सी डिभिजनका लागि छनोट हुने लक्ष्यका साथ मैदान उत्रिन खेलाडीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेस गोकर्णेश्वर ६का इकाई सभापति दिपक लामाले अनुशासित भएर खेल्न अनुरोध गरेका थिए।  उनले यस्ता सहयोगले खेलाडीको हौसला मिल्ने बताउदै यस्ता प्रतियोगिताले खेलमा उच्च संभावना बोकेका खेलाडी र खेलकुदमा भविष्य खोजिरहेकाहरूलाई सुवर्ण अवसर रहेको भन्दै  सी डिभिजनका लागि छनोट हुने लक्ष्यका साथ मैदान उत्रिन खेलाडीहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामाले खेलाडीहरुलाई शुभकामना दिदै उच्च मनोबलका साथ अनुशासंनमा रहेर खेल खेल्न अनुरोध गरेका थिए  उनले नगरपालिकाले खेलकुदको विकासमा धेरै कार्यक्रम  मार्फत  खेलाडीहरुलाई पनि सहयोग गर्दै आएको बताउदै आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताएका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर फुटबल क्लबका अध्यक्ष विकास राइले उपस्थित सबैलाई धन्यवाद दिदै  खेलाडिलाई हौसला प्रदान गर्न यस्ता किसिमको सहयोग र प्रयासले महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट प्रष्ट पारेका थिए । क्लबलाई गोकर्णेश्वर नगरपालिका   हिता कम्पनी, मनकामना फुटसल लगायतको सहयोग रहेको छ।क्लबले भोलि सातदोबाटोस्थित एन्फा परिसरमा  नुवाकोट संग पहिलो खेल खेल्दै छ ।

 

तपाइँको प्रतिक्रिया ।