नेपाली कांग्रेस काठमाण्डौ महानगर-८ को सभापतिमा आशमान सङ्गत, को को बने पदाधिकारी ?

नेपाली कांग्रेस काठमाण्डौ महानगर-८ को सभापतिमा आशमान सङ्गत, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

नेपाली काँग्रेस काठमाडाैँ महानगरपालिका वडा ८ काे इकाइ सभापतिमा आशामान सङ्गत निर्वाचित भएका छन।  काठमाण्डौ महानगरपालिका वडा नं ८ मा भएको वडा अधिवेसनले सङ्गतलाई सभापतिमा निर्वाचित गरेको हो।

सो अधिवेसनमा  श्यामकृष्ण डंगोल र  कृष्ण ओडारी उपसभापतिमा निर्वाचित भएका छन भने सचिवमा  रामेश्वर संगत र  शेखर देउला निर्वाचित भएका छन।

राेजिना सङ्गत डंगोल र  रामकृष्ण डंगोललाई सहसचिवमा निर्वाचित गरेको अधिवेसनबाट हरिकृष्ण राजभण्डारी , सुपेन्द्र राजभण्डारी ,सुरेन्द्र डंगोल ,अर्जुन श्रेष्ठ ,श्यामकृष्ण महर्जन ,दिनेश देउला ,अम्बिका लिम्बू श्रेष्ठ ,लिला संगत , सन्जिता नापित ,किरण कुमारी श्रेष्ठ ,शान्ता भट्टराई ,जय प्रसाद ढकाल ,किरण सुवेदी ,अनुप संगत , शंकर संगत र  देबेन्द्र नेपाल सदस्यमा निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।