राष्ट्रिय केन्पोको तयारी पूरा

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।
नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा हुने राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।
प्रतियोगितामा सातै प्रदेशबाट करिब १ सय खेलाडीको सहभागिता रहने बताइएको छ । विभिन्न ४ विधामा प्रतिस्पर्धा हुने छ । फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी काताअन्तर्गत विभिन्न स्पर्धामा खेल खेलाइने छ ।
फुल र सेमि केन्पोअन्तर्गत विभिन्न तौलसमूहमा खेल खेलाइने छ । सेल्फ डिसेन्सतर्फ प्रदर्शनी खेल मात्र हुने  छ । सहभागीको खाना र बसोवासको प्रबन्ध संघले व्यवस्था गरेको आयोजकले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।