अझै भेटिएनन कपन मिलनचोकमा डुवेर बेपत्ता बालक,तिन निवेदन प्रहरी चौकीमा

अझै भेटिएनन कपन मिलनचोकमा डुवेर बेपत्ता बालक,तिन निवेदन प्रहरी चौकीमा

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

असोज ५ गते बेलुका करिव ८ बजेको समयमा बुढानिलकण्ठ नगरपालिका वडा १२  र काठमाण्डौ महानगरपालिका वडा नं ६ को सिमानामा रहेको ढलमा डुवेर बेपत्ता भएका बालक हालसम्म पनि फेला परेका छैनन।

नेपाल प्रहरी विपद व्यवस्थापन महाशाखा बाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएका १३ जना प्रहरीले हिजो बेलुका र आज दिनभर खोजी गर्दा पनि उनलाई भेट्न सकेको छैन।

हिजो राति यज्ञमति खोलाको निकास धोवीखोलामा खोज तलास गरेको प्रहरी टोलीले आज दिनभर सो क्षेत्रका हरेक मंगल र ढलमा ति बालकको खोजी गरेको थियो।

प्रत्येक मंगल विचको ढलहरुमा पनि ति बालक नभेटिएकोले अझै खोजी कार्य जारी रहेको जानकारी दिदै कपन प्रहरीले हाल सम्म बुढानिलकण्ठ नगरपालिका वडा नं १२ आदर्शनगर जम्दारचोक ,खरिबोट सहित अन्य एक स्थान बाट बालक हराएको निवेदन आएको बताएको छ।

ब्लक कल्भर्ट निर्माण भैरहेको सो स्थानमा वर्षातका कारण आएको बाढीमा मंगल नदेख्दा ति बालक खसेको प्रत्यक्षदर्शीले बताएका छन। अन्दाजी १२/१३ वर्षका ति बालकको पहिचान भने अहिले सम्म हुन् सकेको छैन।  फोटो सौजन्य :आशिष गुरागाई

तपाइँको प्रतिक्रिया ।