भैरव स्मृति भवनमा निर्मित सभाकक्ष र पुस्तकालय उद्घाटन

भैरव स्मृति भवनमा निर्मित सभाकक्ष र पुस्तकालय उद्घाटन

कपन अनलाइन

काठमाडौं, असोज ६। नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६ औं जन्मजयन्तीको अवसरमा मंगलवार राजधानीमा उनको साहित्यिक योगदानमाथि चर्चा गरीएको छ  । श्री  भैरव  पुरस्कार गुठिले आयोजना गरेको  कार्यक्रममावक्ताहरूले हास्यव्यङ्ग्य साहित्यको वृद्धिमा अर्यालको विशिष्टयोगदानको स्मरण गर्दै उनका रचनाहरू कालजयी भएको बताएका थिए  । नेपाली साहित्य बाहेक पत्रकारिकताको क्षेत्रमा पनि उनको देन अमुल्य रहेकोवक्ताहरूको भनाइ रहेको  थियो ।

अर्यालको प्रेरणाबाट धेरै साहित्यकार तथा पत्रकारहरू जन्मिएको भन्दै उनीहरूले राज्यबाट अर्यालको योगदानको कदर गर्न नसकेको गुनासो गरेका थिए  । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकारविजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’,साहित्यकारहरू बद्रि अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पाटोबारे प्रकाश पारेका थिए  । सोही अवसरमा भैरव स्मृति भवनमा निर्मित सभाकक्ष (हास्यव्यङ्ग्यकार बासुदेब लुइँटेल , आख्यानकार रमेश विकलमा सर्मिपत) तथा अत्याधुनिक पुस्तकालय तथा सभा कक्षको वागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाले उद्घाटन गरेका  । बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको पहलमा करिब १० लाखको लागतमा उक्त सभा हल तथा पुस्तकालयको निर्माण गरिएको हो ।

१९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले केवल ४० वर्षको उमेरमा २०३३ साल असोज१९ गते देहत्याग गरेका थिए । अर्यालकाजय भुँडी काउकुती  , दशअवतार, गलबन्दी, उपवन लगायतका कृतिहरू लोकप्रिय छन् ।कार्यक्रमलाइ सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले पढ्ने संस्कृतिको विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।