माओवादीले सत्ताकब्जा गर्न लाग्योःकांग्रस-एमाले

१५ जेठ,काठमाडौ। कांग्रेस-एमाले लगायका दलहरुले माओवादी सत्ता कब्जाको अभियानमा लागेको आरोप लगाएका छन्। उनीहरुले नियोजित रुपमै सत्ता कब्जाको रणनिति अनुसार माओवादीले संविधानसभा भंग गराएको बताएको छन्।

अधिकांश विषयमा सहमति भइसकेको अवस्थामा माओवादी पछि हटेको उनीहरुको दावी रहेको छ।
भएका सहमतिलाई पटप पटक उल्टाउने र कामलाई पछि धकेल्ने काम माओवादीले गर्दै आएको र अन्तत संविधानसभानै विघटन गरेको कांग्रेस एमालेका जिम्मेवार नेताहरुले बताएका छन्।
कांग्रेस नेता रामचन्द्र पौडेलले चुनाव राजनैतिक र कानुनी दुवै हिसावले अवैध भएको बताएका छन् भने एमाले अध्यक्ष झलनाथ खनालले संसद नरहे प्रधानमन्त्री पनि नरहने तर्क गर्दै यो सरकारले चुनावको घोषणा गर्ने नसक्ने बताएका छन्।
मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पद गुमाएको प्रधानमन्त्रीले चुनाव घोषणा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्।
प्राय जसो कांग्रेस र एमाले नेताहुरुले प्रधानमन्त्री बाबुराम भट्टराईको हिजोको कदमलाई माओवादीको सत्ताकब्जा संग जोडेर हेरेका छन्।
दुवै पार्टीहरुको आधिकारिक धारण नआइसकेपनि आइतबार राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीको घोषणालाई नमानिदिन ‘विन्ती’ गरेका कांग्रेस एमाले लगाएतका केही दलहरुको हतारोले   आउँदा दिन द्धन्द चर्किने मा कुनै शंका छैन्।
तपाइँको प्रतिक्रिया ।