नेपाली कांग्रेस गोकर्णेश्वर ४को क्षेत्रीय प्रतिनिधिमा बाल कृष्ण श्रेष्ठ (लाक्स)को तयारी

नेपाली कांग्रेस गोकर्णेश्वर ४को क्षेत्रीय प्रतिनिधिमा बाल कृष्ण श्रेष्ठ (लाक्स)को तयारी

कपन अनलाइन

काठमाडौं ,असोज ४। नेपाली कांग्रेस काठमाण्डौ -३ मा क्षेत्रीय प्रतिनिधिमा व्यापक प्रतिस्पर्धाको संकेत देखिएको छ। वडा अधिवेसन आउन एक दिन बाकि हुँदा अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विभिन्न माध्यम बाट भटाभट दावी प्रस्तुत गरिरहेका छन।वडा भन्दा माथिल्लो कमिटीमा जानका लागि प्रतिनिधि बन्नुपर्ने भएकोले काठमाण्डौ क्षेत्र नं ३ का पुराना नेता देखि भर्खरै क्रियाशील सदस्यता प्राप्त गरेकाहरु समेत जोडतोडले प्रचार गर्दै भोट माग्न व्यस्त देखिएका छन्।   गोकर्णेश्वर  नगरपालिका वडा नं ४  बाट क्षेत्रीय प्रतिनिधिमा  समाज सेवी बाल कृष्ण श्रेष्ठ (लाक्स)ले लड्ने इच्छा ब्यक्त गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।

गोकर्णेश्वर नगरपालिका वडा न ४ किसिगाल  निवासी श्रेष्ठ   आसन्न अधिवेसनमा नेपाली कांग्रेस गोकर्णेश्वर  वडा नं ४  का तर्फ बाट क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेका हुन। बिभिन्न बिपतका  समयमा विभिन्न अभियानहरु संचालन गरेर अफ्ट्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएका श्रेष्ठले राजनीतिलाई सेवामुखी बनाउनुपर्नेमा जोड दिदै आएका छन् ।  युवाहरुको पक्षमा काम गर्दै आएका  उनले नेपाली कांग्रेसलाई बलियो बनाउदै त्यस मार्फत जनताको सेवा गर्नका लागि क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेको बताएका छन। पार्टीमा अब नयाँ पुस्तालाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने, कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज, प्रौढ, युवासहित सबैलाई सम्मानजनक रुपमा समेटेर मात्र सम्भव हुने उनि  बताउँछन ।

नेपाली कांग्रेसले विगतका संविधान सभा र प्रतिनिधि सभामा जनताको मन जितेर कायम गरेको इतिहासलाई अझ दरिलो बनाउन र स्थानीय तथा प्रदेस निर्वाचनमा विजयी बनाउनका लागि आफुले योगदान गर्ने बताउदै उनले सबै मतदाता क्रियाशील सदस्यहरुलाई सहयोगका लागि आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।