नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ उपसभापतिमा रामकृष्ण श्रेष्ठको दाबी

नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ उपसभापतिमा रामकृष्ण श्रेष्ठको दाबी

कपन अनलाइन

काठमाडौँ,असोज ४। नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ उपसभापतिमा राम कृष्ण श्रेष्ठले दाबी गरेका छन ।अनुशासन,आर्थिक पारदर्शिता, पार्टी प्रतिको ईमान्दारिता र निरन्तरता नै आफ्नो  उम्मेदवारीको मुख्य आधार रहेको बताउदै  श्रेष्ठले  आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३को  ईकाइ उप सभापतिमा उम्मेद्वारी दिन लागेको कपन अनलाइनलाइ जानकारी गराए । सहमति सहकार्य र एकता आजको आवश्यकतालाइ मध्यनजर गर्दै उनले इकाई उपसभापतिमा आफ्नो दाबि रहने बताएका छन्।

विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय श्रेष्ठ हालका पनि इकाई सदस्य हुन।उनले नगरपालिका भित्र विभिन्न सामाजिक संघसस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै  आउनुको साथै समाजमा भए गरेका विकास निर्माणमा सहभागिता जनाउदै आएका छन ।उनले अहिलेसम्म आफूले पार्टी र समाजमा गरेको योगदानको कदर हुने समेत बिश्वास ब्यक्त गर्दै इकाई उपसभापतिमा दाबि गर्न लागेको जानकारी गराएका छन।  पार्टी भित्र कसैलाई पनि पक्षपात नगरी सबै संग सहकार्य र समन्वयगरि नेपाली कांग्रेसको गरिमालाइ उचो राख्दै आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई उपसभापतिका लागि उम्मेदवारी दिन लागेको ले क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।