नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को क्षेत्रीय प्रतिनिधिमा अच्युत बिष्टको तयारी

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को क्षेत्रीय प्रतिनिधिमा अच्युत बिष्टको तयारी

कपन अनलाइन

काठमाडौं,असोज ४ । नेपाली कांग्रेस काठमाण्डौ -३ मा क्षेत्रीय प्रतिनिधिमा व्यापक प्रतिस्पर्धाको संकेत देखिएको छ। वडा अधिवेसन आउन एक दिन बाकि हुँदा अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विभिन्न माध्यम बाट भटाभट दावी प्रस्तुत गरिरहेका छन।वडा भन्दा माथिल्लो कमिटीमा जानका लागि प्रतिनिधि बन्नुपर्ने भएकोले काठमाण्डौ क्षेत्र नं ३ का पुराना नेता देखि भर्खरै क्रियाशील सदस्यता प्राप्त गरेकाहरु समेत जोडतोडले प्रचार गर्दै भोट माग्न व्यस्त देखिएका छन्। त्यसै क्रममा समाजसेवी अच्युत बिष्टले पनि पनि गोकर्णेश्वर नगरपालिका वडा नं ३ बाट क्षेत्रीय प्रतिनिधिमा लड्ने इच्छा ब्यक्त गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।   नेपालका पहिलो म्याराथन धावक मिन बहादुर बिष्टका नाति समाज सेवी रमेश बिष्टका छोरा अच्युत  बिष्टले आसन्न अधिवेसनमा नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ३ का तर्फ बाट क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेका हुन। २०६२/६३ को जनआन्दोलनमा सहभागी हुँदै खुलेर नेपाली कांग्रेसमा लागेका हुन ।

२०७२ शालको भूकम्प र  बाढी पहिरो लगायत बिभिन्न बिपत समयमा विभिन्न अभियानहरु संचालन गरेर अफ्ट्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएका उनले लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का लायन्स बाटिका चिफ समेत हुन  भने सयपत्री टोल सुधार समितिका र श्री बनदेबी संरक्षण तथा आरुखर्क उत्थान समाजका अध्यक्ष समेत हुन ।

नवीन सोच र ऊर्जा सहित नेपाली कांग्रेसको संगठन लाई गतिशील एबम् सुदृढ बनाउदै जनताको सेवा गर्नका लागि क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेको उनले बताएका छन। युवाहरुको पक्षमा काम गर्दै आएका बिष्टले नेपाली कांग्रेसलाई बलियो बनाउदै त्यस मार्फत जनताको सेवा गर्नका लागि क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेको बताएका छन। पार्टिले घोषणा गरेको सबै आन्दोलन तथा संघर्षका कार्यक्रमहरुमा सहभागि रहँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आईरहेका बिष्टले  समाजमा भए गरेका विकास निर्माणमा सहभागिता जनाउदै आएका छन ।

लामो समय देखि समाजसेवा र परोपकारी कार्यमा सक्रिय रहेका बिष्टले पार्टीलाई विधि पद्धतिमा चलाउन सबैलाई मिलाएर अगाडी बढ्ने स्पष्ट दृष्टिकोणका साथ आफू प्रतिश्पर्धामा रहेको बताउँदै सबै  मतदाता क्रियाशील सदस्यहरुलाई सहयोगका लागि आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।