कपन जोरधारामा रोकिराखेको कारबाट विभिन्न सामान चोरी गर्ने दुईजना पक्राउ

कपन जोरधारामा रोकिराखेको कारबाट विभिन्न सामान चोरी गर्ने दुईजना पक्राउ

कपन अनलाइन

काठमाण्डौ,असोज ४।

भाद्र २५ गते कपन जोरधारामा रोकिराखेको कारबाट विभिन्न सामान चोरी गर्ने दुईजना पक्राउ परेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ जोरधारा नजिक रोकिराखेको अल्टोकार बाट विभिन्न सामाग्री हराएको निवेदन परे संगै अनुसन्धान अगाडी बढाएको कपन प्रहरीले चोरीका सामान सहित दुई जनालाई पक्राउ गरी प्रहरी वृत बौद्ध पठाएको छ।

उक्त कार बाट हिराको टप थान २,लेडीज ब्याग र सो ब्याग भित्र रहेको सानो पर्श, जेन्स वालेट, लुम्बिनि बिकास बैंकको डेबिट कार्ड थान ०२,ग्लोबल आई.एम.ई. बैंकको क्रेडीट कार्ड थान १ ,चस्मा थान १ गाडी भित्र रहेको मल्टीमिडिया क्यामेराको स्क्रिन थान १ तथा नगद ५ हजार हराएको निवेदन परेको कपन प्रहरीले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।