नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा किरण बहादुर बिष्टको दाबी

नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा किरण बहादुर बिष्टको दाबी

कपन अनलाइन

काठमाडौं, असोज ४ । नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा किरण बहादुर बिष्टले दाबी गरेका छन ।अनुशासन,आर्थिक पारदर्शिता, पार्टी प्रतिको ईमान्दारिता र निरन्तरता नै आफ्नो  उम्मेदवारीको मुख्य आधार रहेको बताउदै  बिष्टले आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३को  ईकाइ सभापतिमा दाबी गरेका हुन ।

 विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय बिष्ट हालका पनि इकाई सभापति हुन।उनले नगरपालिका भित्र विभिन्न सामाजिक संघसस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आउनुले उनि राजनीतिक मात्र नभई सामाजिक व्यक्तित्व पनि भएको प्रस्ट बुझिन्छ । आजसम्म कसैलाई पनि घाटा हुने काम नगरेको बताउने उनले समाजमा भए गरेका विकास निर्माणमा सहभागिता जनाउदै आएका छन ।

 नेपाली कांग्रेसको गौरवमय इतिहासलाई सम्मान गर्दै गतिशील र बैचारिक संगठन निर्माणका लागि भन्दै बिष्टले उम्मेदवारी घोषणा गरेका हुन। लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय रहेका बिष्ट अनुशासित र जुझारु नेपाली कांग्रेस निर्माणका लागि आफ्नो दावी रहेको बताएका छन ।उनले अहिलेसम्म आफूले पार्टी र समाजमा गरेको योगदानको कदर हुने समेत बिश्वास ब्यक्त गर्दै बिगतमा भएका कमि कमजोरीलाइ सच्याउदै उनले विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई सभापतिका लागि उम्मेदवारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।