ओखलढुंगाको चम्पादेवी-७ मा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य सहित दर्जनौ एमालेमा प्रवेस

कपन अनलाइन

काठमाण्डौ,असोज ४।

ओखलढुंगाको चम्पादेवी  गाउँपालिका वडा नं ७ मा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य सहित दर्जनौ एमालेमा प्रवेस गरेका छन वडा नं  ७ मा भएको अगुवा कार्यकर्ता भेलामा नेकपा माओवादी केन्द्र ओखलढुंगा जिल्ला कमिटी सदस्य शान्ती बस्नेत र पालिका कमिटी सदस्य गणेश केसीको सक्रियतामा दर्जनौ नेता तथा कार्यकर्ता एमालेमा प्रवेस गरेका हुन।

नेकपा एमाले ओखलढुंगा जिल्ला सचिवालय सदस्यहरु तिर्थ सुवेदी ,सुरेश थापा ,जिल्ला सल्लाहकार परिसदका संयोजक लिला बहादुर मा कटवाल लगायतको उपस्थितिमा भएको भेलाले वडा नं ७ अधिवेसन आयोजक कमिटी समेत गठन गरेको छ।

सो भेलाले  चम्पादेवी गाउँपालिका वडा नं ७ शाखा कमिटीको संयोजकमा शान्ति केसी ,सहसंयोजकमा तारा कार्की ,सचिवमा थुमराज खडका र उपसचिवमा सुर्य थापा सहित ५१ सदस्यीय कमिटी पनि चयन गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।