नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा बालकृष्ण दाहालको उम्मेदवारीले तरंग

कपन अनलाइन

काठमाण्डौ,असोज ४।

नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा बालकृष्ण दाहालको उम्मेदवारीले तरंग सिर्जना पैदा गरेको छ। ओखलढुंगा जिल्लामा नेपाली कांग्रेसको गौरवमय इतिहासलाई सम्मान गर्दै गतिशील र बैचारिक संगठन निर्माणका लागि भन्दै दाहालले उम्मेदवारी घोषणा गरेका हुन।

लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय रहेका दाहालले अनुशासित र जुझारु नेपाली कांग्रेस निर्माणका लागि आफ्नो दावी रहेको भन्दै जिल्लाका ८ स्थानीय तह र ७५ वटै वडामा प्रचारात्मक अभियान शुरु गरेका छन।

ओखलढुंगा जिल्लाको संसदीय निर्वाचनमा उम्मेदवार समेत रहेका दाहाल विभिन्न सामाजिक संघ संस्था मार्फत जिल्लाको समाजसेवामा पनि सक्रिय रहेका छन।

दाहाल संगै जिल्ला सभापतिमा तेजन खनाल ( तेजेन्द्र ) ले पनि उम्मेदवारी घोषणा गरेका छन ।

तपाइँको प्रतिक्रिया ।