पिडित स्थानीयद्वारा मेलम्ची खानेपानी आयोजनाको कपन कार्यालयमा तालाबन्दीको प्रयास र प्रदर्शन

पिडित स्थानीयद्वारा मेलम्ची खानेपानी आयोजनाको कपन कार्यालयमा तालाबन्दीको प्रयास र प्रदर्शन

कपन अनलाइन

काठमाण्डौ ,असोज ४।

पिडित स्थानीय द्वारा मेलम्ची खानेपानी आयोजनाको कपन कार्यालयमा तालाबन्दीको प्रयास गरेका छन। सो आयोजनाले पाइप विस्तारका लागि कपनमा स्थापना गरेको कार्यालयमा पुगेको खरिबोट टोलसुधार समितिको टोलीले तालाबन्दीको प्रयास गरेको हो।

समितीका अध्यक्ष गणेश कुमार खड्काको नेतृत्वमा गएको स्थानीयहरुको टोलीले पटक पटक निर्माणका लागि अनुरोध गर्दा पनि कुनै पनि किसिमको सुनुवाई नभएकोले धर्ना सहित प्रदर्शन गरेको थियो।

कपनको खरिवोट लगायत बिभिन्न ठाउको मूल सडकमा ५ वटा पाईप हाल्नुपर्नेमा एउटा मात्र पाईप हालेर  जताततै पिच र ढलान बाटो भत्काएर बिकासको नाममा विध्वंस गरेको र यस क्षेत्रको स्थानिय सरकार तथा कुनै पनि स्थानिय राजनीतिक पार्टीले चासो नलिएकोले कार्यालयमा पुगेर प्रदर्शन गर्नुपरेको अध्यक्ष खड्काले बताएका छन।

धुलो धुवा खाने कपन बासिले ,पानी पर्दा हिलो र डुवान,घाम लाग्दा धुलोधुवा बाट पिडित हुनुपरेको भन्दै उनले चुनावको बेला मात्र सकृय हुने नेता र  कार्यकर्ता देखि वाक्क लागेको भन्दै दुख व्यक्त गरेका छन।

तपाइँको प्रतिक्रिया ।