लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस द्वारा आयोजित  बृहत रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस द्वारा आयोजित  बृहत रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं असोज ४ ।  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस द्वारा आयोजित  बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । असोज ३ गते आइतबार संबिधान दिवसको अवसर पारेर क्लबले रुद्रेश्वर महादेव मन्दिर परिसर नयाँबस्तीमा  बिहान ९ बजे देखि २ बजे सम्म आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन गरेको उक्त रक्तदान कार्यक्रममा २४ जना रक्तदाताले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले जानकारी गराए।

छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा २४  जनाले मात्र रक्तदान गरेको जानकारी गराउदै  चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले विषम  परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकले धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको जानकारी गराए ।

रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्य सहित आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा  नमुना बौद्ध चेस क्लब, काइजेन फर किड्स प्रि स्कुल एण्ड डे केयर सेन्टर, मानब अधिकार तथा शान्ति समाज काठमाडौं शाखा,नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स, श्री बागमती रुद्रेश्वर समाज काठमाडौं महानगरपालिका ६ परिवार सहयोगी संस्थाको रुपमा रहेका थिए। कार्यक्रममालायन्स लिडर तथा आयोजक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।