नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा उमेश पौडेलको दाबी

नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा उमेश पौडेलको दाबी

कपन अनलाइन

काठमाडौं ,असोज ४। नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३  ईकाइ सभापतिमा   उमेश पौडेलले  उठ्ने तयारी  छन ।सामाजिक संजाल मार्फत उनले  इकाई सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन ।

राष्ट्र राष्ट्रियता, लोकतन्त्र लोकतान्त्रिक समाजवाद नेपाली कांग्रेसको सिद्धान्त र बिधि बिधानमा रहीसेवामुखी राजनीति ,अनुशासन, आर्थिक पारदर्शिता, पार्टी प्रतिको ईमान्दारिता र निरन्तरता नै आफ्नो उम्मेदवारीको मुख्य आधार रहेको बताउदै पौडेलले आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा  नं ३   ईकाइ सभापतिमा दाबी गरेका हुन ।पार्टिले घोषणा गरेको सबै आन्दोलन तथा संघर्षका कार्यक्रमहरुमा सहभागि रहँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आईरहेका  पौडेलले सहमति सहकार्य र एकतालाइ जोड दिदै आएका छन सर्वसम्मत  हुने अवस्था नदेखे पश्चात आफुले पनि इकाईमा दाबि गरेको कपन अनलाइनलाइ जानकारी गराए।

आजसम्म कसैलाई पनि घाटा हुने काम नगरेको बताउने उनले समाजमा भए गरेका विकास निर्माणमा सहभागिता जनाउदै आएका छन ।  संगठन सुदृढ गर्दै सबै अट्ने र सबैलाई समेट्ने नेपाली कांग्रेस बनाउन आफु लाग्ने बताउदै इकाई  सभापतिमा दाबि गरेको उनले बताएका छन ।विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर पौडेलले   इकाई सभापतिका लागि उम्मेदवारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।