संविधान दिवसको अवसरमा चन्द्रागिरी १ ले  दिप प्रज्वलन सहित शुभकामना आदानप्रदान गर्यो

संविधान दिवसको अवसरमा चन्द्रागिरी १ ले  दिप प्रज्वलन सहित शुभकामना आदानप्रदान गर्यो

कपन अनलाइन

काठमाडौं असोज ४।  असोज तिन अर्थात देशले संविधान पाएको दिन । देशले संविधान पाएको ७ वर्ष पूरा भएको छ । संविधान दिवसको अवसरमा देशभरी बिभिन्न कार्यक्रम गरी मनाइएको  छ ।यस्तै सातौ संविधान दिवसको अवसरमा चन्द्रागिरी नगरपालिका वडा नं  १ ले   दिप प्रज्वलन गर्नुको साथै शुभकामना आदानप्रदान गरेर मनाएको छ।

आइतबार  चन्द्रागिरी नगरपालिका वडा नं १ को कार्यालय दहचोकमा वडा अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा  भएको सो कार्यक्रममा बिभिन्न राजनीतिक दलका  प्रतिनिधि  जनप्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिको साथै स्थानीयको उपस्थितिमा   दिप प्रज्वलन गर्नुको साथै शुभकामना आदानप्रदान गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।