Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/242160507_254454729913075_1639293490585491022_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/242027936_1757404684648643_6110591792866881120_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कलंकीमा ‘टिकटक हाेटेल एण्ड रेस्टुरेन्ट’ सञ्चालनमा आयो

कपन अनलाइन 

काठमाडौं असोज ४।  काठमाडौंको कलंकीस्थित भाटभटिनी चोक अपाेेेजिट फेमिली रेष्टुरेन्ट ‘ टिकटक हाेटेल एण्ड रेस्टुरेन्ट ’ सञ्चालनमा आएकाे छ । लामाे समय जापानमा बस्दै लामाे अनुभव संगालेका युवा व्यवसायी मुकुन्द गाैतमको लगानीमा रेष्टुरेन्ट ‘ टिकटक हाेटेल एण्ड रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका हुन् । काठमाडौ महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष साेभा साप्काेटाले एक कार्यक्रममाका विच भव्य रूपमा उद्घाटन गरेकी हुन् ।

सञ्चालनमा आएकाे रेष्टुरेन्टमा ‘ स्वेदेशी तथा विदेशी खानाका परिकारकाे स्वाद लिनेका लागि नयाँ गन्तव्य टिकटक बन्ने व्यवसायीहरूकाे भनाई छ । रेष्टुरेन्टमा, जापनिज,चाइनिज,थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक–फरक मेनु समेत प्रस्तुत गरिने सञ्चालक गाैतमकाे भनाई छ । ‘टिकटक रेष्टुरेन्ट ’ सञ्चालक गाैतमले केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको बताए । रेष्टुरेन्ट बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालनमा आउनेछ ।

खुल्ला पारिवारिक बाताबरणमा कंलकीकाे शान्त बाताबरणमा बालबालिका सवैका लागि उपयुक्त खुल्ला स्थान रहेका कारण सामाजिक सञ्जाल टिकटक बनाउन आर्कषक डिजाइन समेत तयार पारिएकाे छ । हाेटलमा बालबालिकाका लागि पिङ खेल्न सक्ने छन् भने आफै लाईभ मटन,चिकन सेकुवा, तास समेत आधुनिक भट्टीमा उपलब्ध हुनेछन् । आधुनिक भट्टीकाे समय निर्धारण अनुसार बुक समेत गरिन सक्ने रेष्टुरेन्टकाे नियम छ । निकट दिनहरूमा साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुति समेत रहने जनाइएको छ।

तपाइँको प्रतिक्रिया ।