Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/242310319_3011493442440138_6800855188366248502_n-e1632106405284.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को क्षेत्रीय प्रतिनिधिमा मुरारी प्रसाद भण्डारीको तयारी

कपन अनलाइन

काठमाडौं, असोज ४ ।नेपाली कांग्रेस काठमाण्डौ -३ मा क्षेत्रीय प्रतिनिधिमा व्यापक प्रतिस्पर्धाको संकेत देखिएको छ। वडा अधिवेसन आउन एक दिन बाकि हुँदा अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विभिन्न माध्यम बाट भटाभट दावी प्रस्तुत गरिरहेका छन।वडा भन्दा माथिल्लो कमिटीमा जानका लागि प्रतिनिधि बन्नुपर्ने भएकोले काठमाण्डौ क्षेत्र नं ३ का पुराना नेता देखि भर्खरै क्रियाशील सदस्यता प्राप्त गरेकाहरु समेत जोडतोडले प्रचार गर्दै भोट माग्न व्यस्त देखिएका छन्।  गोकर्णेश्वर  नगरपालिका वडा नं ३ बाट क्षेत्रीय प्रतिनिधिमा मुरारी प्रसाद भण्डारीले दावी गरेका छन  । गोकर्णेश्वर नगरपालिका वडा न ३ सुन्ताखान निवासी  भण्डारी आसन्न अधिवेसनमा नेपाली कांग्रेस गोकर्णेश्वर  वडा नं ३ का तर्फ बाट क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेका हुन।

संगठनको सुदृढिकरण गर्न, संगठनको आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न,गराउन, पार्टीका हरेक गलत क्रियाकलापका बिरुद्ध नेतृत्वपंक्तिलाइ सचेत गराउन, पाटिलाइ समयसापेक्ष नेतृत्व गर्न सक्ने सक्षम नेतृत्व चुन्दै स्थानिय स्तरदेखि केन्द्र सम्म संगठनका पदहरुमा युवाहरुलाइ मुलप्रवाहिकरण गर्न  पनि आफुले  उम्मेदवारीदिन लागेको जानकारी गराएका छन।  दुइ कार्यकाल इकाई सभापति भएर अनुभब हासिल गरिसकेका भण्डारीले हाल क्षेत्रीय सदस्य समेत हुन।

 युवाहरुको पक्षमा काम गर्दै आएका  भण्डारीले नेपाली कांग्रेसलाई बलियो बनाउदै त्यस मार्फत जनताको सेवा गर्नका लागि क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेको बताएका छन। नेपाली कांग्रेसले विगतका संविधान सभा र प्रतिनिधि सभामा जनताको मन जितेर कायम गरेको इतिहासलाई अझ दरिलो बनाउन र स्थानीय तथा प्रदेस निर्वाचनमा विजयी बनाउनका लागि आफुले योगदान गर्ने बताउदै उनले सबै मतदाता क्रियाशील सदस्यहरुलाई सहयोगका लागि आग्रह गरेका छन।सत्तापक्षमा हुँदा कार्यकर्तालाइ नचिन्ने प्रतिपक्षमा हुँदा जनता सम्म पुग्न नसक्ने काँग्रेस आजको आवश्यक्क्ता नभएको भन्दै नेता भण्डारीले सत्ता होस वा प्रतिपक्ष जनताको मन जित्न सक्नेले मात्रै मत पाउने भन्दै आफु काँग्रेसको विचारधारको माध्यमबाट जनताको पक्षमा काम गर्न सदैव अग्रसर हुने बताएका छन ।संगठन सुदृढ गर्दै सबै अट्ने र सबैलाई समेट्ने नेपाली कांग्रेस बनाउन लाग्ने उनि  बताउछन  ।

पार्टीमा आफूले गरेको योगदानलाई हेरेर सबैबाट सहयोग गर्ने प्रतिबद्धता आफूले पाएको बताउने भण्डारीले  जनताको पक्षमा आफुले  गरेका कामहरुको मुल्याङ्कन गर्दै सबैको  सहयोग रहने बचन पाएको कपन अनलाइनलाइ जानकारी गराए  ।उनले विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले नेपाली कांग्रेस गोकर्णेश्वर  वडा नं ३ का तर्फ बाट क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिन लागेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।लामो समय देखि समाजसेवा र परोपकारी कार्यमा सक्रिय रहेका  भण्डारीले  आशिर्वाद अग्रजहरुको आवाज युवाहरुको पहिचान सक्षम नेतृत्वको भन्ने मूल नाराको साथमा पार्टीलाई विधि पद्धतिमा चलाउन सबैलाई मिलाएर अगाडी बढ्ने स्पष्ट दृष्टिकोणका साथ आफू प्रतिश्पर्धामा रहेको बताउँदै सहयोगका लागि आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।