सुजनालाई महिला तर्फ अन्तर प्रदेस चेसको उपाधि, सिन्धिरा र आभालाई दोश्रो र तेश्रो स्थान

सुजनालाई महिला तर्फ अन्तर प्रदेस चेसको उपाधि, सिन्धिरा र आभालाई दोश्रो र तेश्रो स्थान

कपन अनलाइन

काठमाण्डौ ,असोज ४।

नेपाल बुद्दिचाल संघ  दैलेखको आयोजनामा भएको अन्तर प्रदेस खुल्ला चेस प्रतियोगितामा महिला तर्फको उपाधि सुजना लोहोनीले जितेकी छन।

दैलेख जिल्लामा भएको प्रतियोगितामा भेट्रान,अन्तर स्थानीय तह र खुल्ला तर्फ भएको प्रतिस्पर्धामा लोहोनीले प्रथम स्थान सहित नगद २० हजार पुरस्कार प्राप्त गरेकी छन।

त्यस्तै प्रतियोगितामा महिला तर्फ दितीय स्थान हासिल गरेकी सिन्धिरा जोशीले नगद १५ हजार र तृतीय स्थान हासिल गरेकी आभा पुडासैनीले नगद १० हजार पुरस्कार प्राप्त गरेका छन।

त्यस्तै पुरुष तर्फको खुल्ला प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै युवराज पौडेलले नगद ३० हजार पुरस्कार प्राप्त गरेका छन। सो प्रतियोगितामा सुश्रुत दाहालले दितीय स्थान हासिल गरेका छन भने टेकेन्द्र राज पाठक तृतीय भएका छन।

तपाइँको प्रतिक्रिया ।