नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को क्षेत्रीय प्रतिनिधिमा वडा सदस्य लक्ष्मण कुमार लामा (गोले)को तयारी

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को क्षेत्रीय प्रतिनिधिमा वडा सदस्य लक्ष्मण कुमार लामा (गोले)को तयारी

कपन अनलाइन

काठमाडौं ,असोज ४। नेपाली कांग्रेस काठमाण्डौ -३ मा क्षेत्रीय प्रतिनिधिमा व्यापक प्रतिस्पर्धाको संकेत देखिएको छ। वडा अधिवेसन आउन एक दिन बाकि हुँदा अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विभिन्न माध्यम बाट भटाभट दावी प्रस्तुत गरिरहेका छन।वडा भन्दा माथिल्लो कमिटीमा जानका लागि प्रतिनिधि बन्नुपर्ने भएकोले काठमाण्डौ क्षेत्र नं ३ का पुराना नेता देखि भर्खरै क्रियाशील सदस्यता प्राप्त गरेकाहरु समेत जोडतोडले प्रचार गर्दै भोट माग्न व्यस्त देखिएका छन्।  गोकर्णेश्वर  नगरपालिका वडा नं ३ बाट क्षेत्रीय प्रतिनिधिमा  वडा सदस्य लक्ष्मण कुमार लामा  (गोले)ले   दावी गरेका छन  ।

गोकर्णेश्वर नगरपालिका वडा न ३ तारेभिर निवासी  गोले आसन्न अधिवेसनमा नेपाली कांग्रेस गोकर्णेश्वर  वडा नं ३ का तर्फ बाट क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेका हुन।युवाहरुको पक्षमा काम गर्दै आएका  गोलेले नेपाली कांग्रेसलाई बलियो बनाउदै त्यस मार्फत जनताको सेवा गर्नका लागि क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेको बताएका छन। नेपाली कांग्रेसले विगतका संविधान सभा र प्रतिनिधि सभामा जनताको मन जितेर कायम गरेको इतिहासलाई अझ दरिलो बनाउन र स्थानीय तथा प्रदेस निर्वाचनमा विजयी बनाउनका लागि आफुले योगदान गर्ने बताउदै उनले सबै मतदाता क्रियाशील सदस्यहरुलाई सहयोगका लागि आग्रह गरेका छन।

संगठन सुदृढ गर्दै सबै अट्ने र सबैलाई समेट्ने नेपाली कांग्रेस बनाउन लाग्ने उनि  बताउछन  । वडा सदस्यको रुपमा वडाको सन्तुलित विकासमा आफूले गरेको योगदानलाई हेरेर सबैबाट सहयोग गर्ने प्रतिबद्धता आफूले पाएको बताउने गोलेले जनताको पक्षमा आफुले  गरेका कामहरुको मुल्याङ्कन गर्दै सबैको  सहयोग रहने बचन पाएको कपन अनलाइनलाइ जानकारी गराए  ।उनले विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले नेपाली कांग्रेस गोकर्णेश्वर  वडा नं ३ का तर्फ बाट क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिन लागेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् । आशिर्वाद अग्रजहरुको ,आवाज युवाहरुको, पहिचान सक्षम नेतृत्वको भन्ने मूल नाराको साथमा पार्टीलाई विधि पद्धतिमा चलाउन सबैलाई मिलाएर अगाडी बढ्ने स्पष्ट दृष्टिकोणका साथ आफू प्रतिश्पर्धामा रहेको बताउँदै गोलेले  सहयोगका लागि सबै संग  आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।