नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को क्षेत्रीय प्रतिनिधिमा हरिबोल बिष्टको तयारी

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को क्षेत्रीय प्रतिनिधिमा हरिबोल बिष्टको  तयारी

कपन अनलाइन

काठमाडौं, असोज ४ । नेपाली कांग्रेस काठमाण्डौ -३ मा क्षेत्रीय प्रतिनिधिमा व्यापक प्रतिस्पर्धाको संकेत देखिएको छ। वडा अधिवेसन आउन एक दिन बाकि हुँदा अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विभिन्न माध्यम बाट भटाभट दावी प्रस्तुत गरिरहेका छन।वडा भन्दा माथिल्लो कमिटीमा जानका लागि प्रतिनिधि बन्नुपर्ने भएकोले काठमाण्डौ क्षेत्र नं ३ का पुराना नेता देखि भर्खरै क्रियाशील सदस्यता प्राप्त गरेकाहरु समेत जोडतोडले प्रचार गर्दै भोट माग्न व्यस्त देखिएका छन्।   गोकर्णेश्वर  नगरपालिका वडा नं ३ बाट क्षेत्रीय प्रतिनिधिमा  समाज सेवी हरिबोल बिष्टले  लड्ने इच्छा ब्यक्त गर्दै उम्मेदवारी घोषणा गरेका हुन  ।

गोकर्णेश्वर नगरपालिका वडा न ३ सुन्ताखान निवासी बिष्ट  आसन्न अधिवेसनमा नेपाली कांग्रेस गोकर्णेश्वर  वडा नं ३ का तर्फ बाट क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेका हुन। बिभिन्न बिपतका  समयमा विभिन्न अभियानहरु संचालन गरेर अफ्ट्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएका बिष्टले जापानमा रहदा समेत नेपालको प्रचार प्रसार गर्न बिभिन्न अभियान संचालन गरेका थिए भने नेपालमा समेत बिभिन्न क्लब मार्फत  बिभिन्न सामाजिक कार्य गर्दै आएका छन  ।  युवाहरुको पक्षमा काम गर्दै आएका बिष्टलेनेपाली कांग्रेसलाई बलियो बनाउदै त्यस मार्फत जनताको सेवा गर्नका लागि क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेको बताएका छन।नेपाली कांग्रेसले विगतका संविधान सभा र प्रतिनिधि सभामा जनताको मन जितेर कायम गरेको इतिहासलाई अझ दरिलो बनाउन र स्थानीय तथा प्रदेस निर्वाचनमा विजयी बनाउनका लागि आफुले योगदान गर्ने बताउदै उनले सबै मतदाता क्रियाशील सदस्यहरुलाई सहयोगका लागि आग्रह गरेका छन।

 पार्टीमा अब नयाँ पुस्तालाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने, कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज, प्रौढ, युवासहित सबैलाई सम्मानजनक रुपमा समेटेर मात्र सम्भव हुने उनि  बताउँछन । अहिलेको अवस्थामा कयौँ युवाहरू कांग्रेसको क्रियाशील सदस्यता लिन लालयित छन् । कांग्रेसमा आफू सुरक्षित र आफ्नो भविष्य देखेर पार्टीको जस्तोसुकै भारी बोक्न र बोझ सहन तयार छन् । उनीहरूको  नेतृत्व स्थापित गराउन सम्पूर्ण क्रियाशील सदस्यले वडा, नगर, प्रदेश क्षेत्र, जिल्लादेखि नै युवा नेतृत्व स्थापना गराइ केन्द्रसम्म युवाको सही व्यवस्थापन गराउनुको विकल्प छैन’बिष्टले  भने- ‘त्यसैले पनि मेरो दाबी रहन्छ ।’संगठन सुदृढ गर्दै सबै अट्ने र सबैलाई समेट्ने नेपाली कांग्रेस बनाउन लाग्ने उनि  बताउछन  ।लामो समय देखि समाजसेवा र परोपकारी कार्यमा सक्रिय रहेका  बिष्टले आशिर्वाद अग्रजहरुको आवाज युवाहरुको पहिचान सक्षम नेतृत्वको भन्ने मूल नाराको साथमा पार्टीलाई विधि पद्धतिमा चलाउन सबैलाई मिलाएर अगाडी बढ्ने स्पष्ट दृष्टिकोणका साथ आफू प्रतिश्पर्धामा रहेको बताउँदै सहयोगका लागि आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।