यस्तो छ आजको मौसम पूर्वानुमान !

यस्तो छ आजको मौसम पूर्वानुमान !

कपन अनलाइन

काठमाण्डौ ,असोज ४ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा आज अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिएकी छिन्। ‘आज काठमाडौंमा केही समय मौसम खुले पनि अपराह्नपछि पानी पर्नेछ’, मौसमविद् शाक्यले भनिन्, ‘काठमाडौंमा भारी वर्षाको भने सम्भावना छैन ।’

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक -दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । काठमाडौं आज राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन मौसमविद् शाक्यको आग्रह छ ।

तपाइँको प्रतिक्रिया ।