पूर्व बिद्यार्थी समूह र लायन्स क्लव अफ अव्वल भ्यालीकाे आयोजनामा भक्तपुरमा रक्तदान

पूर्व बिद्यार्थी समूह र लायन्स क्लव अफ अव्वल भ्यालीकाे आयोजनामा भक्तपुरमा रक्तदान

कपन अनलाइन

काठमाण्डौ ,असोज ४ ।

भक्तपुर जिल्लाकाे पुरानो मध्येको बिद्यालय सरस्वती बिद्यागृह माबिकाे पूर्व  बिद्यार्थी समूह-२०४२  र लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्यालीकाे आयाेजनामा   साेहि बिद्यालयकाे प्राङ्गणमा एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुर नगरको पुरानो बिद्यालय सरस्वती बिद्यागृह मा.बि.मा २०४२ सालमा एस.एल.सि.दिने गरि अध्ययन गरेका बिद्यार्थीहरूकाे सकृयतामा गठित पूर्व बिद्यार्थीहरूकाे याे समुहले हरेक बर्षजस्तै संविधान दिवस, बडादशैं, शुभदिपावली, छठ लगायतका पर्वहरूसमेतकाे अवसर पारेर गर्ने गरेको रक्तदान कार्यक्रममा यसपटक लायन्स तथा लियो क्लव अफ अव्वल भ्यालीसमेतको आयोजनामा सम्पन्न भएकाे कुरा लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजुु खड्काले बताएका छन  ।
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ अन्तर्गतको लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट तथा सरस्वती बिद्यागृह पूर्व बिद्यार्थी समुहका संयाेजक राजु खड्काका अनुसार नाेवल काेराेना भाइरस(काेविड-१९) काे विश्वव्यापी महामारीको कारण सम्पूर्ण देश नै लकडाउन जस्तै रहेकाे याे विषम परिस्थितिमा बिरामीहरूकाे लागि अति आवश्यक तत्वकाे रूपमा रहेकाे रगतको अभाव परिपूर्ति गर्न नेपाल रेडक्रसबाट भएको आव्हानसमेतलाई मध्येनजर गरि भक्तपुर नगरपालिका वडा नं•९ स्थित सरस्वती बिद्यागृह मा.बि.काे प्राङ्गणमा आवश्यक स्वास्थ्य सुरक्षा सतर्कताकाे पूर्णरूपमा पालन गर्दै बिना तडकभडक र हुलमुल नगरी पूर्व बिद्यार्थी समुहका सदस्य, स्थानीय सहभागी तथा लायन्स क्लवका स्वयंसेवकसमेत गरि २७ पिन्ट रगत संकलन गरिएको थियो ।
‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने लायन्स अभियानकाे मुल मन्त्रलाई आत्मसात गर्दै आकस्मिक रूपमा गरिएको उक्त रक्तदान कार्यक्रममा सहभागी भै आफ्नाे अमुल्य रगत दान गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तो खालकाे सहयोग प्राप्त गर्ने अभिलाषा राखेको बताइएको छ ।
तपाइँको प्रतिक्रिया ।