Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/242381355_692970475015582_3651424306621046677_n-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

संविधान दिवसको अवसरमा बुढानिलकण्ठ ११ वडा कमिटिले जगडोल झण्डा पार्कमा दिप प्रज्वलन गर्यो

कपन अनलाइन

काठमाडौं असोज ४। असोज तिन अर्थात देशले संविधान पाएको दिन । देशले संविधान पाएको ७ वर्ष पूरा भएको छ । संविधान दिवसको अवसरमा देशभरी बिभिन्न कार्यक्रम गरी मनाइएको  छ ।यस्तै सातौ संविधान दिवसको अवसरमा  नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ वडा कमिटिले सरसफाई तथा  दिप प्रज्वलन गरी मनाएको छ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोल स्थित झण्डा पार्क परिसरमा सरसफाई सहितदिप प्रज्वलन गरी नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ वडा कमिटिले संबिधान दिवस मनाएको हो ।
आईतबार साझ नेकपा एमाले काठमाडौं जिल्ला सचिवालय सदस्य सुकुलाल सुनार (संगम), बुढानिलकण्ठ नगरपालिका वडा नं ११  का वडा अध्यक्ष  राजु अधिकारी, वडा सदस्य बिनोद तामाङ, नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका नगर कमिटि सदस्य दिलिप  थापा,नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका नगर कमिटि सदस्य प्यारी कुमारी शर्मा नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ वडा कमिटि अध्यक्ष  कृष्ण भट्टराई , सचिब अंगुर पौडेल , लगायत वडा कमिटि सदस्यहरु सहित स्थानीयको उपस्थितिमा दिप प्रज्वलन गरिएको हो ।

 

तपाइँको प्रतिक्रिया ।