नेपाल खेलकुद महासंघ प्रदेस नं २ को अगुवा कार्यकर्ता भेला सम्पन्न

नेपाल खेलकुद महासंघ प्रदेस नं २ को अगुवा कार्यकर्ता भेला सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असोज ४।

नेपाल खेलकुद महासंघ प्रदेस नं २ को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। महासंघ प्रदेस अध्यक्ष  कमलकिशोर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष रमेस पौडेल रहेका थिए।

उक्त अगुवा कार्यकर्ता भेलामा सप्तरी: दिनेश भुजेल, सिरहा: सरिताकुमारी सापकोटा, धनुषा: विश्वनाथ यादव, महित्तरी: खालिद बिन कमाल, सर्लाही: जीवन राज भण्डारी, बारा: मोहन लामिछाने र  पर्सा: रामकिसोर सिंह परागले विभिन्न जिल्लाहरुमा महासंघको गतिविधि र आगामी योजनाका वारेमा रिपोर्टिङ्ग गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले  प्रचण्ड नेपाली राजनितीका नटवरलाल रहेको भन्दै  नेपाली समाजकाे बिभाजन र सामाजिक द्वन्दको  पटकथा उनैकाे रहेको आरोप लगाएका थिए।

नेकपाकाे र एमालेकाे विभाजन र कम्युनिस्ट पार्टीको सरकार ढाल्ने कामकाे नेतृत्व विदेशिकाे गाेटी बनेर माधव – प्रचण्डले गरेको भन्दै उनले उनीहरु नेपालकाे कम्युनिस्ट र प्रगतिशील आन्दोलन विराेधी भएको धारणा राखेका थिए।

कार्यक्रममा महासंघका महासचिव पौडेलले  खेलकुद विश्वविद्यालय, हाई अल्टिच्युड ट्रेनिङ सेन्टर, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलाई व्यवसायका लागि सहज रिन सुविधा उपलब्ध गराउने लगायतका महासंघका मागलाई नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो नितिकार्यक्रम तथा बजेटमा सबोधन गरेको तर परमादेशबाट गठित सरकारले लागू गर्नेमा शंका रहेको धारणा राखेका थिए।

सो अगुवा कार्यकर्ता भेलामा उपाध्यक्ष मानदेव हजारा,महासचिव मेघराज पौडेल,उपमहासचिव शिवजी गुप्ता, सचिव उमेस केसी ,प्रभुनारायण शिवाकोटी,कपिल न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।