संविधान दिवसका दिन बुढानिलकण्ठका १३ वडामा बृहत सरसफाई अभियान

कपन अनलाइन

काठमाण्डौ ,असोज ४।

संविधान दिवसका दिन बुढानिलकण्ठका १३ वडामा बृहत सरसफाई अभियान संचालन गरिएको छ।

२०७४ शालको स्थानीय तहको निर्वाचन पश्चात कोरोना प्रकोपको एक वर्ष बाहेक निरन्तर संचालन हुदै आएको अभियानमा सबै वडाका विभिन्न टोल सुधार समिति,संघ संस्था तथा जनप्रतिनिधिहरुले सक्रिय सहभागिता रहेको थियो।

नगरपालिकाका प्रमुख उद्दव खरेलको आव्हानमा संविधान दिवसमा  अभियानका रुपमा निरन्तर संचालन भएको सो सरसफाई कार्यक्रममा ठुलो शंख्यामा  नगरवासीहरुको सहभागिता रहेको थियो।

यस अभियान अन्तर्गत सरसफाईका साथै विभिन्न वडामा रक्तदान लगायतका रचनात्मक कार्यक्रमहरु पनि संचालन गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।