स्वच्छ पशुपतिनाथ अभियान शुरु

स्वच्छ पशुपतिनाथ अभियान शुरु

कपन अनलाइन

काठमाण्डौ ,असोज ४ ।

स्वच्छ पशुपति अभियान २०७८ शुरु भएको छ । अभियानको पहिलो दिन शनिवार बिहान पशुपति क्षेत्रको हंश मण्डपदेखि सरसफाई गर्दै अभियानको शुरुवात भएको हो । डा.श्याम खड्काको संयोजकत्वमा भएको सरसफाई कार्यक्रम वरिष्ठ अभिनेता शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। धेरै चर्चित कलाकारहरु पनि  सरसफाईमा सहभागी भएका थिए ।

सरसफाई कार्यक्रममा बागमती सरसफाई अभियन्ता डा। माला खरेल लगायत धेरै अभियन्ताहरुको उल्लेख्य उपस्थिति थियो । पशुपति मन्दिरको सरसफाईमा गर्न सबै भक्तलाई सहभागी हुन अनुरोध गर्दै आगामी दिनमा बृक्षारोपण जस्ता हरियाली प्रवद्र्धन गर्ने योजना रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिएका छन।

पुशपतिमा सफा गर्न पाउनु ठुलो भाग्य रहेको भन्दै वरिष्ठ अभिनेता शिव श्रेष्ठले खुसि ब्यक्त गरेका थिए  । उनले सम्पूर्ण नेपालीहरुले सम्पदा जोगाउने अभियानमा साथ दिन समेत अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।