गीतकार काठमाण्डौ -१८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनका दुई भिडियो सार्वजनिक

गीतकार काठमाण्डौ -१८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनका दुई भिडियो सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

काठमाडौँ महानगरको वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनको शव्दमा निर्माण भएका २ वटा भिडियो आज सार्वजनिक भएका छन् । वडा १८ नरदेवीको सभा कक्षमा आयोजना गरिएको कार्यक्रममा भिडियो सार्वजनिक गरिएका हुन् । सार्वजनिक गरिएका भिडियोमध्ये ‘किन दुख्न थाल्यो छाती’ नेपाली भाषामा र ‘वुदिंना भिन्तुना’ नेपाल भाषामा छ ।

नेपाली भाषाको भिडियोलाई अभिनेता तथा निर्देशक पवन जोशीले निर्देशन गर्नुभएको छ । प्रेम गर्नु पाप होइन, प्रेमिकाको आवश्यकता पूरा गर्न सकिएन भने प्रेम विस्तारै दुर्घटनामा घकेलिन्छ । यही कथालाई भिडियोमा उतारिएको छ । गीतमा अनिल तुलाधरको संगीत र संगीत संयोजन, राजेन्द्र कुमार महर्जन (राजी किपु), रविना शाक्य र राजेन्द्र शाक्यको अभिनय रहेको छ । भिडियोमा गीतकार महर्जनको आफैँ पनि केन्द्रीय भूमिकामा देखिएका छन।गीतमा अनिल तुलाधरको संगीत र राजेन्द्र शाक्य स्वर रहेको छ । भिडियोको सिनेम्याटोग्राफर र सम्पादक सोहन मानन्धर हुनुहुन्छ ।

नेपाल भाषाको गीतमा रीता महर्जनको संगीत, सन्तोष महर्जनको संगीत संयोजन र संगीता शाक्यसँग संगीतकार महर्जनको स्वर रहेको छ । भिडियोमा सुरेन्द्र महर्जनको निर्देशन र सम्पादन रहेको छ । भिडियोको सिनेम्याटोग्राफर शैलेश श्रेष्ठ रहेका छन  । भिडियोको कथामा नयाँ बर्षको आफन्तलाई दिइने शुभकामना र यससँग सम्बन्धित सामाजिक एवं सांस्कृतिक चलनलाई समेटिएको छ ।

भिडियो सार्वजनिक समारोहमा महानगरका प्रमुख शाक्यले, भाषा, कला, साहित्य र सिर्जनाप्रति आफ्नो सम्मान रहेको बताउँदै काठमाडौँ महानगरले स्रष्टालाई सिर्जना गर्ने वातावरणका लागि लगानी गर्न तयार रहेको बताएका थिए ।

‘स्थानीय भाषाको पाठ््यक्रम कार्यान्वयनमा ल्याएर भाषा जोगाउने प्रयास भएको छ । हामी काठमाडौँको पहिचानलाई साधकको साधनासँगै प्रवर्धन गर्न चाहन्छौँ । म व्यक्तिगत रुपमा पनि ३० को दशकबाट कलाकारिताको उत्थान गर्ने प्रयास गरिरहेको छु ।’त्यस क्रममा वडाध्यक्ष महर्जनले, वडामा भएका कलाकारहरुलाई कला साधना गर्ने उचित वातावरण तयार गर्नमा आफ्नो जोड रहँदै आएको बताए ।

त्यस क्रममा वरिष्ठ गीतकार बालकृष्ण सजीवले वडा अध्यक्ष महर्जनलाई व्यक्तिगत रुपमा सम्मान गरेका थिए  । उनले मेयर शाक्य र वडा अध्यक्ष महर्जनले कलाकारको सम्मानका लागि गरेका कामको चर्चा गर्दै आउँदा दिनमा यसको संख्या बढ्नु पर्ने बताए।

तपाइँको प्रतिक्रिया ।