नेकपा एमाले चम्पादेवी गाउँपालिका अधिवेसन आयोजक कमिटीको संयोजकमा खेम मिश्र

नेकपा एमाले चम्पादेवी गाउँपालिका अधिवेसन आयोजक कमिटीको संयोजकमा खेम मिश्र

कपन अनलाइन

काठमाण्डौ ,असोज ३।

नेकपा एमाले चम्पादेवी गाउँपालिका अधिवेसन आयोजक कमिटीको संयोजकमा खेम मिश्र चयन भएका छन। चम्पादेवी गाउँ पालिकाको फेदीगुठमा भएको कार्यकर्ता भेलाले मिश्रको संयोजकत्वमा २०३ सदस्यीय अधिवेसन आयोजक कमिटी गठन गरेको हो।

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटी सदस्य रंजित धमलाको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज किशोर अधिकारी रहेका थिए।

नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य शंकर बहादुर कार्की , प्रदेस नं १ का पुर्व मन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला कमिटी अध्यक्ष मोहन श्रेष्ठ ,सचिव शंकर कटवाल,सम्पर्क समन्वय कमिटी सदस्य केदारराज पुडासैनी  जिल्ला कमिटी सल्लाहकार संयोजक लिला बहादुर कटवाल लगायतको उपस्थितिमा भएको सो भेलाले १० वडा र गाउँपालिकाको अधिवेसन सम्पन्न गर्नुका साथै संगठन विस्तार र परिचालनका लागि विभिन्न निर्णय गरेको थियो।

 

तपाइँको प्रतिक्रिया ।