नेपाल बुद्दिष्ट  तामाङ सुधार समिति द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

नेपाल बुद्दिष्ट  तामाङ सुधार समिति द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असोज ३ । रक्तदान गरौ जीवन दान गरौ भन्ने मूल नाराको साथमा नेपाल बुद्दिष्ट  तामाङ सुधार समिति द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।  गोकर्णेश्वर नगरपालिकामा वडा नं ८ माकलबारी सानो पुलमा   असोज २ गते शनिबार बिहान  ८ बजे देखि अपरान्ह १ बजे सम्म   आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन गरिएको उक्त रक्तदान कार्यक्रममा ५५ जना रक्तदाताले रक्तदान गरेको नेपाल बुद्दिष्ट  तामाङ सुधार समितिका अध्यक्ष रुप तामाङले कपन अनलाइनलाइ जानकारी गराए ।

रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्य सहित आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा माकल बारी टोल सुधार समिति, प्रगती महिला समूह लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर, लायन्स क्लब अफ  काठमाडौं थर्ड आइ, सिदार्थ टोल सुधार समिति, कालिन्चोक स्वास्थ्य क्लिनिक, लक्ष्मी नारायण महिला समुह, मुक्तिनाथ महिला समुह, सिदार्थ महिला समूह, जया मल्टिपल क्याम्पस,  बज्रयोगिनी महिला समूह, ओसिस पार्टी प्यालेस, भेनस नेशनल कलेज, माकलबारी प्रहरी बिट, बागमती करिडोर विकास समिति, अत्तरखेल महिला समुह, अन्जुली महिला समुह, उडवोर्क  फर्निचर उद्योग सहयोगी संस्थाको रुपमा रहेका थिए।

छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा ५५ जनाले मात्र रक्तदान गरेको जानकारी गराउदै  अध्यक्ष रुप तामाङले विषम  परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकले धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको जानकारी गराए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे , नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा लायन्स क्लब इन्टरनेसनलका जी ए टि एरिया लिडर  लायन खगेन्द्र सिटौला,  डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की, माकलबारी टोल सुधार समितीका  अध्यक्ष पेमा छिरी शेर्पा  लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।