गणेशमान सिंहको २५औँ स्मृति मनाइयो

गणेशमान सिंहको २५औँ  स्मृति मनाइयो

कपन अनलाइन

काठमाडौं असोज २ ।प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइएको  छ । नेपाली कांग्रेसका नेता गणेशमान सिहंको २५औँ स्मृति दिवसका अवसरमा बन्दि जीवन  बिताएको  गोकर्णेश्वर  नगरपालिका वडा नं १ सुन्दरीजल  स्थित बिपी संग्राहलयमा भएको गणेशमान सिंहको  सालिकमा माल्यार्पण गरिएको छ ।कोरोनाको जोखिम कायमै रहेकाले  बिपी संग्राहलय  समितिले कुनै पनि औपचारिक कार्यक्रम नराखे पनि  गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे वडा नं ९ का वडा अध्यक्ष राजिब थापा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायत सुन्दरीजल स्थित बिपी संग्राहलय पुगी नेता सिहंको सालिकमा  माल्यार्पण गरेर उनको योगदानको स्मरण गरेका थिए ।

कार्यक्रमलाइ बिपी संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले सहजीकरण गरेका थिए ।२५औं स्मृति दिवसको अवसरमा कांग्रेसले विभिन्न कार्यक्रम गरी पहिलो जनआन्दोलनका सर्वोच्च कमान्डर तथा सर्वमान्य नेता सिहंको स्मरण  गरेको छ। विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो। काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए।

तपाइँको प्रतिक्रिया ।