बुढानिलकण्ठ नगरपालिका वडा नं २ का ३५ जना नेकपा एमालेमा प्रवेस

बुढानिलकण्ठ नगरपालिका वडा नं २ का ३५ जना नेकपा एमालेमा प्रवेस

कपन अनलाइन

काठमाण्डौ,असोज २।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ का ३५ जना नेकपा एमालेमा प्रवेस गरेका छन। नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा.राजन भट्टराईको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेस तथा प्रशिक्षण कार्यक्रममा वडा नं २ का विभिन्न पार्टी बाट ३५ जना नेकपा एमालेमा प्रवेस गरेका थिए।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सचिव दीपक निरौला,सचिवालय सदस्य बिदुरविक्रम खडका ,मिठाराम अधिकारी, रास्ट्रीय युवा संघ नेपालका केन्द्रीय सहकोषाध्यक्ष तथा क्षेत्रका उत्प्रेरक जय गुरुङ लगायतको उपस्थितिमा भएको भेलाको अध्यक्षता नगर कमिटी अध्यक्ष प्रदिप डंगोलले गरेका थिए।

नवप्रवेसीहरुलाई स्वागत गर्दै प्रमुख अतिथि डा.भट्टराईले काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेलाई मजबुत बनाउन उनीहरुको योगदान महत्वपूर्ण हुने बताएका थिए।

काठमाण्डौ क्षेत्र नं ४ का नेता तथा कार्यकर्ताहरुलाई क्षेत्रमा आसन्न स्थानीय तहको निर्वाचन केन्द्रीत अभियानमा लाग्न निर्देशन दिदै स्थानीय तहले गरेका कामहरु लिएर जनताको माझमा जानका लागि आग्रह गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।