Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/242197776_390707282544592_6528751287193226909_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

प्रगतिशील पत्रकार संघ, काठमाडौंको अध्यक्षमा रोसन दानी

कपन अनलाइन 

काठमाडौं  असोज २। प्रगतिशील पत्रकार संघ, नेपाल काठमाडौंको अध्यक्षमा रोसन दानी चयन हुनुभएको छ । शनिबार भएको जिल्ला भेलाले दानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विपिन पोख्रेल, सचिव लक्ष्मण बेल्वासे र कोषाध्यक्षमा किरण पाण्डे चयन  भएका छन । यस्तै, सदस्यहरुमा सुमन चापागाईं, अस्मिता क्षेत्री, गणेश विक, निरुल महर्जन र लक्ष्मी चौधरी  रहेका छन्  । ‘आमसञ्चारकर्मीको अधिकार सुनिश्चितता र श्रमजीवी पत्रकारको पक्षमा लडिरहन्छु,’ नवनिर्वाचित अध्यक्ष रोसन दानीले प्रतिबद्धता व्यक्त गरे, आम सञ्चारकर्मिहरुको समास्यामा प्रत्यक्ष रुपमा संशक्त रुपमा लाग्ने प्रण गर्दे संघको मुहार परिवर्तन गर्दै सिंगो नेपालको चित्र झल्काउनेछु ।’प्रतिबद्धता जनाउदै नव निर्वाचित अध्यक्ष दानीले आफू सधैं पत्रकारको हकहितका काममा लाग्ने बताए ।

दानीले पत्रकारको श्रमको सम्मान र प्रेस स्वतन्त्रताको विषयमा काम गर्ने बताए । दानीले उत्पीडनमा परेका वर्ग समुदाय र आवाज विहिनहरुको आवज वर्ने प्रण गर्दे विकृति र विसंगतीको विरुद्ध लड्ने बताए । भेलाले प्रकाश थापा मगर, लक्ष्मणदेव पाण्डेय र गोपाल सुवेदीलाई सल्लाहकार चयन गरेको छ । कार्यक्रममा प्रगतिशील पत्रकार संघ, नेपाल बागमती प्रदेश अध्यक्ष रमेश पौडेलले नयाँ समितिको कार्यकाल चुस्त, दुरुस्त ढंगबाट पत्रकारको हकहितमा काम गर्न सुझाव दिए । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले राष्ट्रियताको लडाई आम सञ्चार जगत सशक्त रुपमा लड्नु पर्ने बताए । आम सर्वहारा र उत्पीडीत वर्गको न्यायका लागि आम पत्रकारहरुले कलमको माध्यमबाट निरन्तर लागि रहेको बताए । अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा, अखिल नेपाल महिला संघका केद्रिय कोषाध्यक्ष ऋतु केसी, प्रगती सिल लेखक संघका महासचिव समिर सिंह नेकपमा मसाल काठमाण्डौ प्रबक्ता जगत रेग्मी लगायतले शुभकामना दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।