नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ४ ईकाइ सभापतिमा ज्ञान कुमार श्रेष्ठको दाबी

नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ४ ईकाइ सभापतिमा ज्ञान कुमार श्रेष्ठको दाबी

कपन अनलाइन

काठमाडौँ, असोज २ । नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ४ ईकाइ सभापतिमा   ज्ञान कुमार श्रेष्ठले दाबी गरेका छन ।आज नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा  नं ४ ईकाइ समिति द्वारा आयोजित क्रियाशील भेलामा उनले  इकाई सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन ।

राष्ट्र राष्ट्रियता, लोकतन्त्र लोकतान्त्रिक समाजवाद नेपाली कांग्रेसको सिद्धान्त र बिधि बिधानमा रहीसेवामुखी राजनीति ,अनुशासन, आर्थिक पारदर्शिता, पार्टी प्रतिको ईमान्दारिता र निरन्तरता नै आफ्नो उम्मेदवारीको मुख्य आधार रहेको बताउदै श्रेष्ठले आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा  नं ४  ईकाइ सभापतिमा दाबी गरेका हुन ।पार्टिले घोषणा गरेको सबै आन्दोलन तथा संघर्षका कार्यक्रमहरुमा सहभागि रहँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आईरहेका  श्रेष्ठ वर्तमान नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा  नं ४  ईकाइ समितिको सचिवको रुपमा  भूमिका निभाउदै आएका छन ।

दुइ कार्यकाल सचिबको रुपमा कार्य गरि अनुभब हासिल गरिसकेका श्रेष्ठ  नेपाली कांग्रेसको भात्रृ संघठन नेपाल आदिबासी जनजाति जिल्ला सदस्य समेत हुन ।विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय श्रेष्ठले नगर तथा वडा  भित्रका  विभिन्न सामाजिक संघ सस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आउनुले उनि राजनीतिक मात्र नभई सामाजिक व्यक्तित्व पनि भएको प्रस्ट बुझिन्छ ।

 आजसम्म कसैलाई पनि घाटा हुने काम नगरेको बताउने उनले समाजमा भए गरेका विकास निर्माणमा सहभागिता जनाउदै आएका छन ।  उनि आफूले युवापुस्ताको आवाज बोक्दै अग्रजहरुलाई सम्मान दिएर कार्य गर्ने पनि बताएका छन । गत स्थानीय तहमा वडा नं ४ को चुनावी नतिजालाई उल्टाउदै नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज,प्रौढ ,युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै श्रेष्ठले इकाईलाइ  चलायमान बनाउन आफ्नो दावी रहेको धारणा राखेका छन।

भौतिक र सामाजिक सहित समग्र विकासका लागि विभिन्न संघ संस्था तथा अभियानहरुको अग्रमोर्चामा सक्रिय रहदै आएका  ज्ञान कुमार श्रेष्ठले संगठन सुदृढ गर्दै सबै अट्ने र सबैलाई समेट्ने नेपाली कांग्रेस बनाउन लाग्ने बताएका छन ।स्थानीय तहमा नेपाली काँग्रेसले युवाहरुको प्रतिनिधित्व गर्न पनि नसकेको अग्रजहरुलाई पनि सम्मान दिन तयार नदेखिएका कारण यसको स्थायी समाधानको प्रयास गर्ने स्पष्ट खाका सहित काँग्रेसको सबलिकरणका लागि उम्मेदवारी रहेको उनले बताएका छन । स्थानीय तहमा सक्रिय राजनीतिमा युवाहरुको प्रवेश र सोहि उर्जालाई काँग्रेसको संगठनमा समाहित गर्ने योजना सहित  श्रेष्ठको  उम्मेदवारी रहेको उनि निकट युवाहरुको भनाई रहेको छ ।

 विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर श्रेष्ठले  इकाई सभापतिका लागि उम्मेदवारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।स्थानीय तह सबल नहुँदा त्यसको प्रभाव सबै तर्फ पर्ने भएकाले आफु इकाई नेतृत्व लिन तयार भएर उम्मेदवारी घोषणा गरेको  श्रेष्ठले  बताएका छन ।

तपाइँको प्रतिक्रिया ।